धरानमा १६ वर्षीय एक किशोरले झुण्डिएर आत्महत्या गरेका छन् ।
आज दिउँसो धरान १८ रत्न चोक नजिकैका १६ बर्षीय किशोरले झुण्डिएर आत्महत्या गरेका हुन् । मृतक धरानका नेकपाका नेता रेवतरणम राईको छोरा हुन् । उनी डिपोट मावि धरान १८ मा कक्षा १० मा अध्ययनरत थिए ।
ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार घरको आफ्नै कोठामा पंखामा झुण्डिएको अवस्थामा उनको शब फेला परेको थियो ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















Discussion about this post