वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको पार्किङ गरेर राखेको मोटरसाइकल तार काटेर चोरी गर्ने प्रयास गर्दा गर्दै २ जना युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झुम्का निवासी आकाश चौधरी र अनिमेष चौधरी रहेका छन् । भिआईपी सेक्युरिटी सर्भिसका निर्देशक टेक लोहनीका अनुसार पक्राउ परेका दुवैलाई प्रहरीको जिम्मा लगाइएको छ ।
उनीहरुले को ३५ प १२८९ नम्बरको पल्सर मोटरसाइकलको तार काटेर चोरी गर्ने प्रयास गरेका थिए ।












Discussion about this post