धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
सप्तरीका २४ वर्षीय युवाको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनको कोभिड अस्पतालमा मध्यराति १२ बजेर १० मिनेटमा निधन भएको सहप्रवक्ता डा. चुडामणी पोखरेलले जानकारी दिए ।
उनका अनुसार मृतकलाई वैशाख ९ गते संक्रमण पुष्टि भएको थियो भने प्रतिष्ठानको कोभिड अस्पतालमा १३ गते भर्ना गरिएको थियो ।
















Discussion about this post