Wednesday, June 24, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कांग्रेसमा क्रियाशिलताको विवाद अझै सुल्झिएन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख २१, २०७८
in समाचार
0
इटहरी काण्डबारे कांग्रेसले निकाल्यो यस्तो विज्ञप्ती (विज्ञप्तीसहित)
354
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेपाली कांग्रेसको आगामी १४ औँ महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी क्रियाशिल नयाँ सदस्य वितरण तथा नवीकरण गर्न व्यस्त रहेको छ ।

यसैबीच कांग्रेसमा नवीकरणमा खासै समस्या नरहेपनि नयाँ क्रियाशिल सदस्य वितरणमा भएको विवाद अझै सुल्झिएको छैन ।
सुनसरी क्षेत्र नम्बर ३ अन्तरगत पर्ने इटहरीका वडा मात्रै नभई दुहवी क्षेत्रका वडामा समेत क्रियाशिलताको विवाद अझै नसुल्झिदाँ समस्या देखा परेको कांग्रेस कार्यकर्ताको आरोप छ ।

नयाँ क्रियाशिल वितरणमा समस्या भएपछि वडामा विवाद उत्पन्न भएको छ । कांग्रेस इटहरी उपमहानगर समितिले प्रत्येक वडामा पुरानो नवीकरणको ७५ प्रतिशत नयाँ फारम वितरण गरेपनि सबै वडाहरुमा निर्धारित संख्या भन्दा बढी क्रियाशिल पाइएपछि विवाद उत्पन्न भएको इटहरी १० का कांग्रेस वडासभापति प्रकाश कोइरालाले बताए ।

उनका अनुसार सामान्यतयाः क्रियाशिल वितरण गर्नुपूर्व वडासभापतिसँग समन्वय गर्नुपर्ने हुन्छ । तर, इटहरीका अधिकांश वडामा भने वडा समितिका सभापतिको जानकारी बिना नै यसरी फारम वितरण गरिएपछि केही वडाका सभापतिहरुले आपत्ति जनाएका छन् । कोइरालाले आफूलाई दिएको फारम भन्दा बढी फारम अनलाइनको माध्यमबाट भरिएपछि विवाद उत्पन्न भएको बताए ।

उनले भने, ‘बैठकमा गरिएको निर्णय भन्दा विपरीत क्रियाशिल वितरण अनलाइनमार्फत भएको छ, यसकारण हामीले नगरमा निष्पक्ष छानबिनका लागि उजुरी समेत गरेका छौँ ।’

आफूलाई दिएको फारम भन्दा बढीको क्रियाशिल अनलाइनको माध्यमबाट भरिएपछि आपत्तिको विषय भएको उनले बताए । वडा नम्बर १४ का सभापति प्रकाश चौधरीले बैठकमा भएको निर्णय विपरीत क्रियाशिल वितरण अनलाइनको माध्यमबाट भएको बताए ।

यसै सन्र्दभमा विवाद भएका सबै वडाका समितिहरुले यस्ता विवादमा निष्पक्ष छानबिन गर्नका निम्ति इटहरी उपमहानगर समितिलाई ज्ञापन पत्र बुझाएर छानिबन गर्न समेत माग गरेका छन् । इटहरी ८ का कार्यवाहक सभापति जसवन्त चौधरीका अनुसार क्रियाशिल वितरणमा एकलौटी भएका कारण निष्पक्ष छानबिन हुनुपर्ने मागसहित नगरमा पत्र बुझाइएको छ ।

सुनसरी क्षेत्र नं. ३ का नेविसंघका क्षेत्रीय सचिव महम्मद अब्बु रैन्ले तत्काल समस्याको समाधान गरी अघि बढ्नुपर्ने बताए । उनले कांग्रेस क्रियाशिलताको विवाद सुल्झिएर पार्टी एकढिक्का भइ अघि बढ्नुपर्नेमा जोड दिए ।

यता, इटहरीका नगरसभापति हेमकर्ण पौडेलले भने पार्टीको आन्तरिक समस्या भएकाले छलफलको चरणमा रहेको प्रतिक्रिया दिए । उनले भने, ‘पार्टीमा आएको आन्तरिक समस्या हो यो, खास ठूलो समस्या नभएपनि जिल्ला कमिटिले यसको निक्र्यौल गर्छ ।’

जुनसुकै पार्टीमा पनि आन्तरिक समस्या आउने र यो देशैभरीको समस्या रहेकाले यसको निक्र्यौल हुने उनले बताए ।

उता, नेपाली कांग्रेस सुनसरीका जिल्ला सचिव केदार भण्डारीले भने जिल्लाका सबैजसो क्षेत्रबाट कम्प्लेन आएपनि क्षेत्रले मिलाउने कुरा रहेको प्रतिक्रिया दिए । उनले फोन सम्पर्कमा टाकुरासँग भने, ‘साथीहरुको कम्प्लेन सबैतिरबाट आउनु स्वभाविक हो, सामान्य भएका त्रुटि मिलाउने कोशिश हुनेछ, तर खास क्षेत्रले मिलाउने हो ।’

उनले नयाँ क्रियाशिलताको विषयमा क्षेत्रले जिम्मा लिने भएको र नवीकरणको विषयमा भने जिल्लाले हेर्ने भएकाले समस्या निरुपण गर्न लागि परेको बताए ।

Tags: #कांग्रेस#नेपाली कांग्रेस#सुनसरी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीको बराहक्षेत्रमा ६२ केजी गाँजा बरामद, ब्राउनसुगरसहित ६ जना पक्राउ
समाचार

सुनसरीको बराहक्षेत्रमा ६२ केजी गाँजा बरामद, ब्राउनसुगरसहित ६ जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
असार १०, २०८३
0

इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिकामा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गर्नुका साथै ब्राउनसुगरसहित ६ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी...

मेयर बन्ने लक्ष्यसहित एमाले त्यागेर रामप्रसाद चौलागाईं हर्क साम्पाङको पार्टीमा
समाचार

मेयर बन्ने लक्ष्यसहित एमाले त्यागेर रामप्रसाद चौलागाईं हर्क साम्पाङको पार्टीमा

by टाकुरा न्यूज । इटहरी
असार १०, २०८३
0

इटहरी : स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा इटहरीको राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ। नेकपा एमालेका पूर्व नेता तथा...

धरानमा बिहीबारदेखि पूर्णरुपमा विद्यालय बन्द गरिने

फेरि बजेटविहीन बन्यो धरान, कानुनी समयसीमा नाघ्दा बढ्यो वित्तीय अनिश्चितता

असार १०, २०८३
खोटाङमा शिक्षाको गुणस्तर सुधार गर्न शैक्षिक बहस

बाँदरले सताएपछि नगरपालिकाले राख्दैछ ‘बाली हेरालु’

असार १०, २०८३
विराटनगरको परोपकार घाटमा निर्वस्त्र अश्लील हर्कत, चार पक्राउ

विराटनगरको परोपकार घाटमा निर्वस्त्र अश्लील हर्कत, चार पक्राउ

असार १०, २०८३
४५ करोड पनि उठेन, फेरि १ अर्ब २७ करोडको लक्ष्य : विराटनगरको बजेटमा पुरानै महत्वाकांक्षा

४५ करोड पनि उठेन, फेरि १ अर्ब २७ करोडको लक्ष्य : विराटनगरको बजेटमा पुरानै महत्वाकांक्षा

असार १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीको बराहक्षेत्रमा ६२ केजी गाँजा बरामद, ब्राउनसुगरसहित ६ जना पक्राउ

सुनसरीको बराहक्षेत्रमा ६२ केजी गाँजा बरामद, ब्राउनसुगरसहित ६ जना पक्राउ

असार १०, २०८३
मेयर बन्ने लक्ष्यसहित एमाले त्यागेर रामप्रसाद चौलागाईं हर्क साम्पाङको पार्टीमा

मेयर बन्ने लक्ष्यसहित एमाले त्यागेर रामप्रसाद चौलागाईं हर्क साम्पाङको पार्टीमा

असार १०, २०८३
धरानमा बिहीबारदेखि पूर्णरुपमा विद्यालय बन्द गरिने

फेरि बजेटविहीन बन्यो धरान, कानुनी समयसीमा नाघ्दा बढ्यो वित्तीय अनिश्चितता

असार १०, २०८३
खोटाङमा शिक्षाको गुणस्तर सुधार गर्न शैक्षिक बहस

बाँदरले सताएपछि नगरपालिकाले राख्दैछ ‘बाली हेरालु’

असार १०, २०८३



लाेकप्रिय

  • सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

    ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    395 shares
    Share 158 Tweet 99
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    373 shares
    Share 149 Tweet 93
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    352 shares
    Share 141 Tweet 88
  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    348 shares
    Share 139 Tweet 87

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.