इटहरी : नेपाली काङ्ग्रेस सुनसरीले पार्टी कार्यालयको भवन आइसोलेसन सेन्टर निर्माणका लागि स्थानीय सरकारलाई जिम्मा दिने भएको छ ।
सुनसरीको सदरमुकाम इनरुवा क्षेत्रमा सङ्क्रमण बढ्दै गएपछि सुनसरी काङ्ग्रेसले पार्टी कार्यालयसँगै रहेको गिरिजाप्रसाद कोइराला स्मृति भवनमा आइसोलेसन सेन्टर सञ्चालन गर्न इनरुवा नगरपालिकालाई जिम्मा दिने भएको हो ।
दुई तले भवनको दुईवटै तलालाई आइसोलेसन सेन्टर बनाउन सकिने नेपाली काङ्ग्रेस सुनसरी सभापति तथा नेपाली काङ्ग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले बताए ।
‘कोरोनाको दोस्रो लहर सुरु भएपछि आइसोलेसन सेन्टर निर्माण गर्न इनरुवा नगरपालिकालाई भवन जिम्मा दिएका छौँ,’ उनले भने ।













Discussion about this post