Sunday, September 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

उवासंघ, प्रेस युनियन र युवा उद्यमी मन्चको सहकार्यमा इटहरीमा अक्सिजनसहितको ४० बेडको आइसोलेसन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख २७, २०७८
in समाचार
0
उवासंघ, प्रेस युनियन र युवा उद्यमी मन्चको सहकार्यमा इटहरीमा अक्सिजनसहितको ४० बेडको आइसोलेसन
358
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा अक्सिजनसहितको ४० बेडको आइसोलेसन तयार गरिने भएको छ ।

इटहरी १० स्थित पिपुल्स मल्टिपल हेल्थ इन्सिच्युटको भवनमा अक्सिजनसहितको ४० बेडको आइसोलेसन तयार गरिने भएको हो ।

उद्योग बाणिज्य संघ इटहरीको नेतृत्व तथा नेपाल प्रेस युनियन सुनसरी र युवा उद्यमी मञ्च सुनसरीको सहकार्यमा ४० बेडको आइसोलेसन तयार गरिने भएको हो ।

उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलले इटहरीमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बृद्धि भएपछि आफूहरुले खाना, बस्न तथा अक्सिजनसहितको निःशुल्क ४० बेडको आइसोलेसन तयार गर्न सुरु गरिएको र केहीदिनमै सञ्चालनमा आउने बताए ।

‘यहाँ गरीब, विपन्न तथा आर्थिक स्तर कमजोर भएका नागरिकहरुलाई राखिनेछ र निःशुल्क खानासहित उपचार गरिनेछ,’ पौडेलले टाकुरासँग भने, ‘प्राविधिक रुपमा डाक्टर र नर्ससहितको सुविधा पनि छ, आज सिडिओ साबहरुले अनुगमन गरेर आइसोलेसन सञ्चालनका लागि स्वीकृति पनि दिनुभएको छ ।’

सोमबार (आज) सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरी, प्रहरी प्रमुख एसपी कमल थापा, सशस्त्र प्रहरी बल सुनसरीका एसपी माधव पौडेलसहितको टोलीले अनुगमन समेत गरेको छ ।

अनुगमनपछि प्रजिअ ढकालले पूर्वमै पहिलोपटक यस्ता संस्थाबाट आइसोलेसन तयार गर्न लागिनु सकारात्मक पक्ष रहेकाले सञ्चालनका लागि स्वीकृति दिएका थिए ।

प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीका अनुसार जिल्लामा रहेर अग्रभागमा खटिने पत्रकारहरुमा पनि कोरोनाको जोखिम रहेका कारण उवासंघ सँगको सहकार्यमा आइसोलेसन निर्माणका लागि सहकार्य गरेको बताए ।

उनले भने, ‘अग्रभागमा खटिने पत्रकारहरुमा जोखिम भएकाले संक्रमण भएका पत्रकारहरु यहाँ आएर बस्न सक्नेछन्, त्यसका लागि प्रेस युनियनले समन्वय गर्नेछ ।’

गतवर्ष जिल्लाका पत्रकारहरुमा कोरोना बीमा गरेको स्मरण गर्दै अधिकारीले भने, ‘यो आइसोलेसन पत्रकारहरुका लागि पनि लक्षित गरेर निर्माण गर्न सुरु गरिएको हो ।’

उवासंघ इटहरीका अध्यक्ष भीम पौडेलको अध्यक्षतामा कमिटि समेत बनिसकेकाले केही दिनभित्रै आइसोलेसन सञ्चालनमा आउनेछ । उक्त कमिटिमा वस्तुगत संस्थाका मानिसहरु पनि रहेका छन् । पूर्वमै पहिलोपटक निःशुल्क रुपमा उपचार गर्ने उदेश्यले निर्माण भएको आइसोलेसन गरीब, विपन्न परिवारका लागि राहत हुने उवासंघले जनाएको छ ।

यसअघि इटहरी उपमहानगरपालिकाले वडा नं. ९ मा रहेको रंगशालामा ५० बेडको आइसोलेसन तयार गरेको जनाएको छ । तर, जिल्ला प्रशासन कार्यालयबाट सुरक्षा व्यवस्था नहुँदा आइसोलेसन हालसम्म सञ्चालनमा आउन सकेको छैन ।

Tags: # प्रेस युनियन#इटहरी#उवासंघ#प्रेस युनियन सुनसरीअक्सिजनआइसोलेसन
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

‘जलवायु न्याय चाहिन्छ’ भन्दै रामधुनीमा प्रदर्शन
पर्यावरण

‘जलवायु न्याय चाहिन्छ’ भन्दै रामधुनीमा प्रदर्शन

by टाकुरा न्यूज । इटहरी
भदौ २८, २०८३
0

इटहरी : जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि त्यसको असर गम्भीर रूपमा भोग्नुपरेको भन्दै जलवायु न्याय र न्यायोचित क्षतिपूर्तिको...

इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउन झापा प्रशासनको निर्देशन
विविध

झापामा पालो आवेदन शून्यमा झार्ने अभियान, बिदामा पनि सेवा

by रासस
भदौ २८, २०८३
0

झापा : जिल्ला प्रशासन कार्यालय झापाले ‘पालो आवेदन शून्यमा झार्ने’ अभियानअन्तर्गत सार्वजनिक बिदाका दिनसमेत राष्ट्रिय परिचयपत्र तथा राहदानी सेवा प्रदान...

इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

भदौ २८, २०८३
झापामा चट्याङले लागेर एकैदिन तीनको मृत्यु

चट्याङ लागेर युवाको ज्यान गयो

भदौ २७, २०८३
बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

भदौ २७, २०८३
एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

भदौ २७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘जलवायु न्याय चाहिन्छ’ भन्दै रामधुनीमा प्रदर्शन

‘जलवायु न्याय चाहिन्छ’ भन्दै रामधुनीमा प्रदर्शन

भदौ २८, २०८३
इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउन झापा प्रशासनको निर्देशन

झापामा पालो आवेदन शून्यमा झार्ने अभियान, बिदामा पनि सेवा

भदौ २८, २०८३
इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

भदौ २८, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

तपाईँको आजको भाग्य कस्तो छ ?

भदौ २८, २०८३



लाेकप्रिय

  • सर्पको टोकाइबाट एक महिलाको मृत्यु

    इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    345 shares
    Share 138 Tweet 86
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    291 shares
    Share 116 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    257 shares
    Share 103 Tweet 64
  • साइबर मुद्दामा पूर्व विव्यस अध्यक्ष झा पक्राउ

    240 shares
    Share 96 Tweet 60

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.