Monday, April 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

यातायातका कर्मचारीको ‘सेटिङ’ विरुद्ध अख्तियारसहित मन्त्रीलाई उजुरी (पत्रसहित)

फलोअप

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ २२, २०७८
in टाकुरा विशेष, समाचार
0
यातायातका कर्मचारीको ‘सेटिङ’ विरुद्ध अख्तियारसहित मन्त्रीलाई उजुरी (पत्रसहित)
1.1k
SHARES
Share on FacebookShare on Twitter

इटहरी : यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र कोसी, इटहरीले घरभाडामा कमिसनको ‘सेटिङ’ नमिलेका कारण लकडाउन अवधीकै बीचमा कार्यालय सार्ने तयारी गरेको समाचार बाहिरिएपछि यहाँका नागरिकहरु जागरुक बनेका छन् ।

कसिनको ‘सेटिङ’ नमिल्दा यातायात व्यवस्था विभागले लकडाउनका बीच नै सम्झौता नसकिदैँ कार्यालय सार्ने सूचना प्रकाशित गरेको र त्यस सन्र्दभमा समाचार बाहिरिएपछि इटहरीका नागरिकहरुले अख्तियारसहित प्रदेश १ सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयमा उजुरी गरेका छन् ।

जेठ ११ गते १५ दिनको समय राखेर घरभाडा सम्बन्धी सूचना प्रकाशित गरेको यातायात कार्यालय व्यक्तिगत स्वार्थका लागि सार्न खोजिएको उजुरीमा उल्लेख छ । मन्त्रालयबाट स्थलगत छानबिन गरी घरभाडा लिने सूचना बदर गर्न समेत माग गरिएको छ ।
ड्राइभिङ स्कुल संघ प्रदेश १ का अध्यक्ष बाबुराम प्रधानका अनुसार प्रदेश १ सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री अमिरबाबु गुरुङसहित जिल्ला प्रशासन र अख्तियारमा उजुरी गरिएको छ ।

‘सबैभन्दा ठूलो कुरा त यातायातको आफ्नै भवन बन्दैछ, केही समयमै सकिन लाग्दा भाडाको भवन सारिनु गलत कदम हो,’ प्रधानले भने, ‘अहिले तत्काल भाडाको भवनमा सार्दा निकै खर्च हुन्छ, व्यक्तिगत स्वार्थका लागि मात्रै भवन सारिन लागेको हो ।’

उनका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरी र जिल्ला प्रशासन कार्यालय सुनसरीलाई पनि उजुरी गरिएको छ भने नागरिक समाज इटहरीलाई बोधार्थ लेखिएको छ ।

यसअघि यातायात व्यवस्था विभागका क्षेत्रीय निर्देशक भीम गौतम र कार्यालय प्रमुख प्रेमप्रसाद सापकोटाले ‘सेटिङ’ मा सम्झौता अगावै कार्यालय सार्न खोजिएको स्रोतले बताएको थियो । विवादित कर्मचारीको छवि बनाएका गौतमलाई यसअघि मालपोत कार्यालय धरानमा रहँदा आर्थिक हिनामिना गरेको आरोप समेत लागेको थियो ।

करीब एक महिना अघि नै घरभाडा सम्बन्धी सूचना निकाल्नुपर्ने व्यवस्था भएपनि यातायात व्यवस्था विभागले जेठ ११ गते सूचना जारी गर्दै १५ दिनभित्र शिलबन्दी दरखास्त उपलब्ध गराउन भनेको समाचार यसअघि बाहिरिएपछि नागरिकहरुले मन्त्रालय र अख्तियारको ध्यानाकर्षण गराएका हुन् ।

कार्यलयकै संलग्नतामा इटहरी ८ मा टिनको छानो भएको टहरो बनेको र निर्माण इजाजत समेत माग नगरिकन सूचना प्रकाशित गरिनुले कर्मचारीकै संलग्नता हुनसक्ने उजुरीमा उल्लेख छ । मन्त्रालय र अख्तियारले सत्यतथ्य छानबिन माग गर्नका लागि उजुरी गरिएको प्रधानले बताए । कार्यालयले सूचना अगावै भवन खोजिसकेर सूचना प्रकाशित गरेको समेत खुलेको छ ।

यद्यपि, कार्यालय प्रमुख सापकोटाले भने हालसम्म कोहीसँग सम्झौता नभएको र जो कोहीले पनि मापदण्डअनुसार दरखास्त दिन सकिने बताउँदै आएका छन् ।

यता, नागरिक समाज इटहरीका अध्यक्ष सन्त डुम्जनले भने यातायात र घरधनीबीचको कुरा नै बाझिएको प्रतिक्रिया दिए । उनले भने, ‘यातायातले त्यहाँबाट भवन सार्नका लागि प्रकाशित गरेको सूचना शंकास्पद छ, घरधनीको कुरा पनि बाझिएको अवस्था छ ।’

पहिल्यै एकचरण घर खोजिसकेको सहमति भएर घर सार्न खोजिनुमा कर्मचारीको शंकास्पद भूमिका रहेको हुनसक्ने उनले बताए ।

‘७८ सालभित्रै भवन हस्तान्तरण गर्ने कुरा पनि आएका कारण हामीले स्थलगत निरीक्षण समेत गरेका छौँ,’ डुम्जनले भने, ‘एकदमै गाह्रो भएपनि ८ महिनाका लागि मात्रै कार्यालय सार्न जरुरी थिएन, तर निरीक्षण गर्दा ठेकदारले कम्तीमा डेढ वर्ष लाग्छ भनेको अवस्था छ ।’

व्यक्तिगत स्वार्थका निम्ति सम्झौता अगावै, आफ्नै भवन निर्माण भइरहेको समयमा कार्यालय पुनः भाडामै सारिनु राज्यको सम्पत्तिको चरम दुरुपयोग हुने अनुमान गर्न सकिने इटहरीबासीको ठम्याईँ छ ।

यो पनि – कमिसनको ‘सेटिङ’ नमिल्दा यातायात कार्यालय सार्ने तयारी

Tags: #अख्तियार#अख्तियार इटहरी#यातायात व्यवस्था विभागअनियमितताटाकुरा विशेष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

तस्बिरमा हेर्नुहोस् लालीगुराँसले रङ्गिएको तेह्रथुम
समाचार

खोटाङ : ‘लालीगुराँस संरक्षण अभियान’ सञ्चालन

by रासस
चैत्र २९, २०८२
0

खोटाङ : जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस संरक्षण अभियान’ सञ्चालन गरेको छ । स्थानीय बासिन्दाले...

झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु
समाचार

झापा : तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

by रासस
चैत्र २९, २०८२
0

झापा : झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने...

हुलाकी राजमार्ग नबनेपछि प्रदेशसभा सदस्य भीम पराजुलीद्धारा आमरण अनशन बस्ने घोषणा

‘जलवायु परिवर्तनले पुर्‍याएका असर विश्वमा गम्भीर चुनौती’ : मन्त्री पराजुली

चैत्र २९, २०८२
विराट गोल्डकप : एपीएफलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा

विराट गोल्डकप : एपीएफलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा

चैत्र २९, २०८२
विराट गोल्डकप : आज चर्च ब्वाइज र पूर्वविजेता एपीएफ भिड्दै

विराट गोल्डकप : आज चर्च ब्वाइज र पूर्वविजेता एपीएफ भिड्दै

चैत्र २९, २०८२
संखुवासभामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, दुई गम्भीर घाइते

संखुवासभामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, दुई गम्भीर घाइते

चैत्र २८, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

तस्बिरमा हेर्नुहोस् लालीगुराँसले रङ्गिएको तेह्रथुम

खोटाङ : ‘लालीगुराँस संरक्षण अभियान’ सञ्चालन

चैत्र २९, २०८२
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

झापा : तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

चैत्र २९, २०८२
हुलाकी राजमार्ग नबनेपछि प्रदेशसभा सदस्य भीम पराजुलीद्धारा आमरण अनशन बस्ने घोषणा

‘जलवायु परिवर्तनले पुर्‍याएका असर विश्वमा गम्भीर चुनौती’ : मन्त्री पराजुली

चैत्र २९, २०८२
विराट गोल्डकप : एपीएफलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा

विराट गोल्डकप : एपीएफलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा

चैत्र २९, २०८२



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1104 shares
    Share 442 Tweet 276
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    688 shares
    Share 275 Tweet 172
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    371 shares
    Share 148 Tweet 93
  • तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

    368 shares
    Share 147 Tweet 92
  • ब्लड क्यान्सरपीडित आमालाई बचाउन छोरीको पहल, उपचारका लागि सहयोग अपिल

    216 shares
    Share 86 Tweet 54

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.