इटहरी : कोरोना कहरको समयमा माइती नेपाल सुनसरीले विभिन्न संघ संस्था तथा समूूदायमा सुुरक्षा सामाग्री वितरण गरेको छ ।
माइती नेपाल सुनसरीकी अध्यक्ष सुुनिता कार्कीका अनुुसार इटहरी २ को वडा कार्यालयमार्फत बिपन्न समूूदायका लागि खाद्य सामाग्रीसहित स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।
माइती नेपालकी अध्यक्ष अनुुराधा कोइरालाको ब्यक्तिगत सहयोगमा आफूहरुले खाद्यान्नसहित स्वास्थ्य सामाग्री वितरण गरिएको कार्कीले बताइन् ।
माइती नेपाल सुुनसरीले तरहरा प्रहरी चौकी, इलाका प्रहरी कार्यालय इटहरी, पूर्वाञ्चल अपाङ्ग, वृद्धा सेवा केन्द्र इटहरी लगायतका संघ संस्थालाई मास्क, सेनिटाइजर, फेससिल्ड लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो ।
जोखिममा सुुरक्षा दिइरहेका सुुरक्षाकर्मी, अपाङ्ग असहायलाई सकेको सहयोग गर्न पाउँदा खुुसी लागेको बताउँदै इटहरी २ नम्बरका वडाध्यक्ष हर्क मगरको रोहबरमा समेत केही खाद्यान्नसहितका स्वास्थ्य सामाग्री समूूदायमा वितरण गरिएको उनले बताइन् ।












Discussion about this post