इटहरी : कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफ्नो निर्वाचन क्षेत्र (सुनसरी क्षेत्र नं. ४) मा आएर कोसी टप्पु वन्यजन्तु आरक्षका पीडितहरूलाई राहत उपलब्ध गराउन आफू लागिपरेको बताएका छन् ।
बुधवार आरक्ष क्षेत्र आसपासका पीडितसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री कार्कीले आफू बोलेको कुरा पूरा गर्ने नेता भएकोले राहत लगायत अन्य कार्यक्रमका निम्ति आफूले पहल गरिरहेको बताएका हुन् ।
बन्यजन्तुबाट मानवीय क्षति न्यूनीकरणको लागि सरकारले विभिन्न योजना ल्याउन लागेको उनको आश्वासन छ ।
वन्यजन्तुको त्रास बढ्दै गएको भन्दै कोसी गाउँपालिका अध्यक्ष ऐयुव अन्सारीले पीडित परिवारलाई क्षतिपूर्ति बापत २५ लाख रुपैयाँ दिनुपर्ने माग राखे ।
Discussion about this post