इटहरी : इटहरी उपमहानगरपालिका १९ का वडाध्यक्ष श्रीनारायण चौधरीलाई धम्की दिई २० लाख रुपैयाँ माग्ने युवालाई प्रहरीले प्रकाउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले अपरिचित ब्यक्तिले फोन गरी गाली गौलज, धम्की दिई नगद २० लाख रुपैयाँ मागेपछि उनलाई पक्राउ गरिएको जानकारी दिएका छन् ।
प्रकाउ पर्नेमा झापा दमक नगरपालिका वडा नं १ बस्ने वर्ष २४ का पुण्यबहादुर श्रेष्ठ रहेका छन् । इलाका प्रहरी कार्यालय दमकको सहयोगमा उनलाई आफ्नै गाउँ घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारेर पक्राउ गरेको हो ।
प्रकाउ परेका विरुद्ध इलाका प्रहरी कार्यालय इटहरीबाट मुलुकी अपराध संहिता ऐन २०७४ बमोजिम ‘अभद्र व्यवहार’ शीर्षकमा जिल्ला प्रशासन कार्यालय सुनसरीबाट सात दिनको म्याद लिई कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।














Discussion about this post