इटहरी : सुनसरीको बराहा नगरपालिका ११ मधुवनमा हात्तीको आक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ ।
मृत्यु हुने महिला सोमबार दिउँसो खेतमा घाँस काट्न गएको अवस्थामा कोसी टप्पु वन्यजन्तु आरक्षबाट निस्केर आएको हात्तीको आक्रमणबाट उनको ज्यान गएको हो ।
हात्ती आक्रमणबाट एकजना महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी संजयसिंह थापाले जानकारी दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post