इटहरी : इटहरी लेडी जेसीजले जेसीज सप्ताह सुरु गरेको छ । शनिबार (आज) एक कार्यक्रमको आयोजना गरेर सप्ताहको शुभारम्भ गरिएको हो ।
सप्ताहको पहिलो दिन महिला सशक्तिकरणको लागि इटहरी उपमाहानगरको प्राङ्गणबाट इटहरीको गोलचौक हुँदै तरहरा चौकबाट पुनः उपमाहानगर प्राङ्गणमा आएर स्कुटर ¥याली गरिएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख एसपी वासुदेव खतिवडाले जेसीज सप्ताहको समुद्घाटन गरेका थिए ।
सप्ताहमा आइतबार रक्तदान कार्यक्रमको आयोजना गरिने जेसीज सप्ताह कार्यक्रम संयोजक एवम् कार्यकारिणी उपाध्यक्ष सुमिता कार्कीले जानकारी दिइन् । यस्तै, कात्तिक १० गते महिलाहरुलाई माला बनाउने तालिमको आयोजना गरिनेछ ।
कात्तिक १२ गते स्वास्थ्य शिविर र कात्तिक १३ गते वक्तृत्वकला प्रतियोगिता तथा जेसीज सप्ताहको समापन गरिने उनले बताइन् ।



















Discussion about this post