इटहरी : इटहरीको फोहर व्यवस्थापन गर्ने जिम्मा लिएको वेस्ट इन्भारो मेनेजमेन्ट प्रालिका अध्यक्ष मोहन भण्डारीले पत्रकार प्रकाश तिम्सिनालाई धम्की दिएका छन् ।
ग्यालेक्सी फो के टेलिभिजनमा प्रशारण भएको रिपोर्टलाई लिएर कम्पनीका अध्यक्ष भण्डारीले तिम्सिनालाई धम्की दिएका हुन् ।
नौ महिनाभित्र कार्य सम्पन्न गर्ने भनिएपनि साढे तीन वर्षमा पनि फोहर व्यवस्थापनको काम सम्पन्न नभएको र करोड बढी रकम सकिइसक्दा पनि फोहर प्रशोधनको काम सुरु नभएको विषयको समाचारमा आपत्ति जनाएका भण्डारीले तिम्सिनालाई धम्की दिँदै फोन गरेका हुन् ।
फोन वार्ताको सुरुमै निक्कै आक्रामक भएका भण्डारीले “के आधारले न्यूज लेखेको ? तपाई जे पायो त्यही मनपरी लेख्ने फटाहा ?” भन्दै गाली गरेका छन्
‘नगरपालिका आऊ, तिम्रो फोटो सेभ छ, नत्र घर पत्ता लगाएर त्यहीँ आउँछु, म तिमीलाई छाड्दिनँ,’ उनले भनेका छन् । उनले तुरुन्त भुल सुधार गर्न भन्दै धम्की दिएका छन् ।
धम्की दिएपछि तिम्सिनाले इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।














Discussion about this post