इटहरी : समाचार लेखेकै आधारमा इटहरीका पत्रकार प्रकाश तिम्सिनालाई धाकधम्की दिएका वेष्ट इन्भारो मेनेजमेन्ट कम्पनीका अध्यक्ष मोहन भण्डारीले माफी मागेका छन् ।
इटहरीको फोहरको जिम्मा लिएको कम्पनीको काम ढिलासुस्ती तथा अनियमितताको आशंकाबारे ग्यालेक्सी फो के टिभीमा प्रशारित समाचारबारे भण्डारीले पत्रकार तिम्सिनालाई फोन सम्पर्कमार्फत धम्क्याएका थिए ।
बिहीबार (आज) इलाका प्रहरी कार्यालय इटहरीमा पीडित पत्रकार तिम्सिना, पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष गणेश निरौला सहितका पदाधिकारी, प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष लीलाराज भट्टराई लगायतका पत्रकारहरूसहितको छलफलमा भण्डारीले माफी मागेका हुन् ।
आफूले गलत बोलेको स्वीकार गर्दै उनले माफी मागेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक गणेश भट्टराईले बताए ।
‘समाचार के थियो भन्दा पनि उहाँले के कसरी प्रस्तुत हुनुभयो भन्ने कुरा महत्वपूर्ण हो,’ उनले भने, ‘गलत गरेको स्वीकार गरेपछि आगामी दिनमा नदोहोर्याउने बताएकाले कागज गरेका छौं ।’
फोन वार्ताको सुरुमै निक्कै आक्रामक भएका भण्डारीले के आधारले न्यूज लेखेको ? तपाई जे पायो त्यही मनपरी लेख्ने फटाहा ? भन्दै गाली गरेका थिए ।














Discussion about this post