इटहरी : ३०० औँ पृथ्वीनारायण शाहको सम्झनामा इटहरीमा पनि नेपाल एकीकरण दिवस तथा पृथ्वी जयन्ती समारोहको आयोजना गरेर मनाइएको छ ।
नेपाल एकीकरणको ऐतिहासिक पाटोको स्मरण गर्दै विं.सं २०६९ साल देखि हरेक वर्ष इटहरीमा पौष २७ गते नेपाल एकीकरण दिवस तथा पृथ्वीजयन्ती मनाउँदै आइएको छ ।
सन्तवहादुर डुम्जनको संयोजकत्वमा नेपाल एकीकरण तथा ३०० औं पृथ्वी जयन्ती समारोह गठन गरी राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई स्मरण गरिएको हो ।
कार्यक्रमका वक्ताहरूले नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाह नेपालीका लागि इतिहास रहेको बताएका थिए । सो अवसरमा बाजागाजाससहित नगरपरक्रमा पनि गरिएको थियो ।














Discussion about this post