Tuesday, June 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

प्रेम, सेक्स र भ्यालेन्टाइन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन २, २०७८
in कला साहित्य, मनाेरञ्जन, समाचार
0
प्रेम, सेक्स र भ्यालेन्टाइन
301
SHARES
Share on FacebookShare on Twitter

प्रेम । हेर्दा यो अढाइ अक्षर देखिन्छ तर यसको कमाल शाश्वत छ ।

आमाको प्रेम ।

बाबुको प्रेम ।

प्रेमिकाको प्रेम ।

पतिको प्रेम ।

पत्नीको प्रेम ।

स्वजनको प्रेम ।

साथी सँगीको प्रेम ।

इष्टमित्र र कुल कुटुम्बको प्रेम ।

देश प्रेम ।

विश्व प्रेम ।

संसारिक प्रेम ।

भौतिक प्रेम ।

अभौतिक प्रेम ।

यत्र तत्र सर्वत्र प्रेम ।

पूर्व र पश्चिम दुवैतिर प्रेमका बारेमा वृहत् चर्चा परिचर्चा पाइन्छ । पूर्वका आख्यान र गाथाहरूमा चित्रित प्रेममध्ये हिमालय पुत्री पार्वती र शंकरको प्रेम । राधा र कृष्णको प्रेम । मुना र मदनको प्रेम । कुञ्जिनी र गोरेको प्रेम । पश्चिममा कथा र इतिहासमा पढिएको वैरनेस र इलोइजाको प्रेम । रोमियो र जुलियटको प्रेम । शहाजहाँ र मुमताजको प्रेम । हिरो रोजाको प्रेम ।

यी लौकिक र अलौकिक इतिहासका अमर प्रेम कहानीहरू हुन् । यस्ता अझ धेरै उपकथाहरू हुन सक्छन् प्रेमका ती सबै यो सानो आलेखमा अटाउन सम्भव छैन ।

तपाईं हामीले पनि जीवनमा एकचोटी न एकचोटी प्रेम गरेका छौं । जानेर गरेका छौं । या नजानेर गरेका छौं । भनेर या नभनेर गरेका छौं । उमेर पुगेर गरेका छौं या उमेर नपुगी गरेका छौं । जेजसरी गरे पनि हामीले प्रेम गरेका छौं ।

प्रेमको तुष नभएको मानव हृदय यो धरतीमा सायदै होला । प्रेम गरेर प्राप्ति हुनेहरू आराम र सानन्दको जिन्दगी बिताइरहेका हुन सक्छन् तर प्रेम गरेर पनि तृषित भएकाहरू जीवनको नौका पारि तर्दासम्म प्रेम नपाएर तड्पीतड्पी रही रहेका हुन सक्छन् । संसारका अजर, अमर र बेष्ट साहित्य, गीत र कथाको अन्तर्यमा प्रेम नै अनुगुञ्जन भैरहेको हुन्छ ।

भनिन्छ –‘प्रेम कमाउन इमान्दार हुनैपर्छ तर इमान्दार हुँदा सम्पत्ति कमाइन्छ भन्ने छैन । प्रेम दिने विषय मात्र हो यसले लिन जान्दैन तर सम्पत्ति कमाउन लेनदेन गर्नैपर्छ । प्रेम दिने मान्छे कहिल्यै प्रेमको गरिब हुँदैन, सम्पत्ति कमाउने मान्छे धनको गरिब पनि हुनसक्छ ।’

संसारमा प्रेम त्यस्तो अमर र अजीवको विषय हो जसको आजसम्म लाखौं लेखक र गीतकारहरूले कविता, आख्यान, गीत र नाटक बनाएर रचे । लेखे । कथे । सुनाए । अभिनय गरे । तर प्रेमको पाइन सकिएन । प्रेम मैजारो हुने विषय पनि होइन । प्रेम अनन्त छ । प्रेम अमर छ । प्रेम अज्ञात पनि छ ।

अर्को सन्दर्भमा भनिएको छ –‘प्रेम गर्नेहरू र नगर्नेहरू जीवनमा पछुताएका छन् । गर्नेहरूको पछुतो गर्न थालेपछि या अनुभूत गर्न थालेपछि किन यतिका दिन प्रेम गरिएन भनेर पछुताएका छन् भने नगर्नेहरू प्रेमको आश्वादन लिन नपाएर पछुताएका छन् । हिन्दीमा सपाट पारामा भनिए जस्तो ‘बम्बैका लड्डु जो खाया ओभी पछ्ताया जो नही खाया ओभी पछ्ताया ।’

नेपालीहरूले हरेक माघमा एकचित्तले पढ्ने श्री स्वस्थानीको कथाजस्तो प्रेम यति व्यापक नेपाली संस्कृतिमा छ कि यसको जसरी पनि मीमांशा गरे हुन्छ । त्यसका हरेक कथाका परिच्छेद र फाँकीमा प्रेमको महिमा गाइएको छ ।

महादेवले सतीदेवीको लाश बोकेर विश्व चहार्नु, गौरीले शंकर पति पाऊँ भनी घोर तपस्यामा लीन हुनु, राधाको कृष्ण प्राप्तिका लागि अकण्टक तपस्या हुनु, मुनाको मदनप्रति समर्पणका लागि नैरन्तर प्रयास हुनु । यी त भए प्रेमका केही सादृश्य उदाहरण जसमा केही कथामा संयोगान्त घटना छन् । केही कथामा वियोगान्त घटना छन् ।

आजसम्म प्रेमका बारेमा सबैकुरा थाहा भए पनि एउटा कुरा अज्ञेय छ त्यो हो –प्रेम सुखान्तमा रमणीय हुन्छ कि दुखान्तमा वर्णनीय हुन्छ रु तर जे हुन्छ प्रेम हटकमा हुन्छ र हुर्कन्छ । छेकबारमा रमाउँछ । गजबार भाँचेर प्रेमले आफ्नो मुना फैलाउँछ ।

नाइँ नाइँ र हुन्छ हुन्छमा प्रेम आफ्नो नागबेली यात्रा अविराम बढाउन चाहन्छ । चुँडाल्दै नेल र फुकाउँदै हत्कडी प्रेम स्वच्छन्द र निर्बन्ध यात्रा क्षितिजभरिको आकासमा कावा खाएर उडाउन चाहन्छ । प्रेम कसैलाई निस्वार्थ आफ्नो सर्वश्व दिन पनि सक्छ । निस्वार्थता कै परिणतिभित्र कसैको सर्वस्व लिन पनि सक्छ ।

संसारका महान् सिर्जनाहरू भनौं ‘ग्लुमी सन्डे’ का गीतहरू वियोगान्त प्रेमकै उदाहरण हुन् । नारायण गोपालको ‘पर्खी बसेँ आऊला भनी अब उठ्ने पालो’, पाकिस्तानी गायक अताउल्लाह खानका अच्छा शिला दिया तुम्ने मुझे प्यारका, यार ने ही लुट्लिया घर यारका’ बोलको गीतको अन्तर्यमा पनि भलीभाँती प्रेम छिपेको छ ।

सदावहार र सुगम संगीत भनिने संसारका सबैसबै भाषाका कालजयी गीतका गेडामा प्रेमका काफल फलेका छन् । अन्तर्यमा प्रेमकै कटुँस पुटुक्क भएका छन् ।

देवकोटा नेपालीका सर्वाधिक चर्चित प्रेमिल लेखक हुन् । मुना मदन खण्डकाव्यको विक्री र त्यसको सामाजिक स्वीकार्यतालाई हेर्ने हो भने अहिलेसम्म नेपालीमा लेखिएका पुस्तकहरूमा मुनामदनको रेकर्ड अर्को कुनै दोस्रो पुस्तकले तोडेको छैन । तोड्नेवाला पनि छैन ।

कृष्ण धरावासीको ‘राधा’ ले त मदन पुरस्कारै पायो । त्यसैगरी धेरै अघि लीलाध्वज थापाको ‘मन’ उपन्यासले पाएको थियो । नेपालीका नामी र दामी लेखक सरुभक्त प्रेम प्राप्ति नभएरै भक्तप्रसाद श्रेष्ठबाट सरुभक्त भए । अझ खोजी पस्ने हो भने कतिपय स्वनामधन्य लेखकहरू प्रेमपीडित भएर आजीवन अविवाहित भएर रहेका होलान् ।

प्रेमगुरु रजनीश भन्छन् –प्रेममा डुब्न गहिरो प्रेम हुनुपर्छ ।’ गहिरो प्रेम हुन नातागोता, इष्टमित्र, धनदौलत, जातबिरादरी, उँचनिच र सबै प्रकारका भेद्भाव त्याग गर्नुपर्छ । अर्को सन्दर्भमा फेरि प्रेम र सेक्सका बारेमा रजनीश भन्छन् –‘सेक्सको सुरुआत प्रेम भयो भने त्यो अनर्थ हुन्छ तर प्रेमको गन्तव्य सेक्स पनि हुनु हुँदैन ।’ हेर्दा कन्ट्राडिक्सन जस्तो लागे पनि यो कहावतमा पवित्र प्रेमको अन्तिम वकालत गरिएको छ ।

सेक्सका बारेमा एकजना गुमनाम लेखकको कहावत छ –‘संसारको सबैभन्दा सुन्दर फूल सेक्स हो तर त्यो धरापमा छ । अप्ठ्यारोमा छ ।’ यसमा चाहिँ प्रेम नभनीकन सेक्सको सटिक व्याख्यान छ ।

को ठिक रु को बेठिक रु उत्तर महान् पाठकको दिमागमै भलिभाँती छ । हुनुपर्छ । ‘आफूले जीवनभर सेक्सको अनुभव नगरेको तर अघिल्लो जीवनको सेक्स अनुभवबाटै प्रेम र सेक्सका बारेमा बताउन सकेको’ ओसो रजनीशको दावी छ । आफूलाई लभ गुरु नभने पनि सन्त भ्यालेन्टाइन नै संसारले पुजेका प्रथम र आजसम्मका अन्तिम प्रेमका पुजारी हुन् ।

चौंधौं शताब्दीमा उनले देखाएको प्रेमको उदारता र अमेरिकी सैनिकलाई विवाह गरिदिने परिपाटीले नै प्रेमका लागि इतिहास रचेको हो । उदाहरणीय भएको हो । मानिस संसारको सबैभन्दा बुद्धिमान प्राणी । उसका मस्तिष्क र मन दुवै क्षणपलमा चलायमान छन् । सफ्टवेयर र हार्डवेयरजस्तै । मस्तिष्कले सेक्स सोच्छ त्यो मानिसको हार्डवेयर हो भने मनले प्रेम गर्छ त्यो मानिसको सफ्टवेयर हो ।

प्रेमको परिभाषा अनन्त छ । स्वप्रेम र परप्रेम । विश्व आज यति दुःखी भएको पनि पर प्रेममा भुलेर हो । स्वप्रेममा मानिस दुःखी भैरहनु पर्दैन । मात्र सन्तुष्ट भए पुग्छ । तर पर प्रेमका मामलामा मानिस अनन्त कालखण्डदेखि दुःखी भएको छ ।

ढंग नपु¥याउँदाखेरी प्रेम गरेर विवाह गर्ने अनि विवाह गरेर प्रेम गर्ने दुवैथरी मानिसहरू दुःखी भएका छन् । तिनीहरू बढी दुःखी बन्छन् जो दिनभन्दा लिन चाहन्छन् । लिनु भनेको लेन हो । दिनु भनेको देन हो । हामी जनसामान्यहरू पनि दिँदाभन्दा लिँदा खुसी हुन्छौं । प्रेमको व्याकरणमा त्यो ठिक उल्टो हुन्छ । निःस्वार्थ भावले जसले जीवनभरि दिन्छ प्रेमका मामलामा त्यही नै सुखी हुन्छ । जसले लिन खोज्छ त्यो दुःखी हुन्छ । प्रेममा न लेन हुन्छ न देन हुन्छ । केवल समर्पण हुन्छ ।

बुझ्झकीहरू प्रेममा कुनै लेनदेख या मोलतोल गर्दैनन् । शठहरू नै प्रेमलाई बजारीकरण गर्दै आना, तोला र मासामा प्रेम जोख्छन् । तौलन्छन् । बेच्छन् । खरिद्छन् । अनि दुःखी हुन्छन् । हृदयले गर्ने हार्दिक प्रेमको किस्सा जति सुनाए पनि पुरानो हुँदैन । परिवेश र आवरणहरू मात्र नयाँपुराना हुने हुन् । पुरानिने त परिवेश हो । मूल कन्टेन्ट प्रेमको हिजो पनि नयाँ थियो । आज पनि नयाँ नै छ । भोलि पनि नयाँ नै हुनेछ ।

बुझ्झकीहरू प्रेममा कुनै लेनदेख या मोलतोल गर्दैनन् । शठहरू नै प्रेमलाई बजारीकरण गर्दै आना, तोला र मासामा प्रेम जोख्छन् । तौलन्छन् । बेच्छन् । खरिद्छन् । अनि दुःखी हुन्छन् । हृदयले गर्ने हार्दिक प्रेमको किस्सा जति सुनाए पनि पुरानो हुँदैन । परिवेश र आवरणहरू मात्र नयाँपुराना हुने हुन् । पुरानिने त परिवेश हो । मूल कन्टेन्ट प्रेमको हिजो पनि नयाँ थियो । आज पनि नयाँ नै छ । भोलि पनि नयाँ नै हुनेछ ।

प्रेम गर्ने, प्रेमको आसामा बसेका र प्रेम प्रतीक्षामा जीवन गुजारीरहेका सबै सबैमा मेरो नमन छ । निवेदन छ । अनुकूल अवस्थालाई मात्र विचरण गरेर प्रेमको सिक्का प्रेम बजारमा साट्न नखोजौं । जहाँ जोखिम हुँदैन त्यहाँ प्रेमको मजा हुँदैन ।

जहाँ मजा रहँदैन त्यहाँ प्रेमको जोखिम पनि हुँदैन । सबैसबै सिकन्जा र गजबारहरू तोडेर प्रेम गरौं अनि प्रेमको रियल अनुभव हुन्छ । जय प्रेम दिवस ।

Tags: #साहित्यपेशल आचार्यप्रणय दिवस
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ
समाचार

सुनसरीमा ११ जना फरार प्रतिवादी नियन्त्रणमा, ६५ दिन कैद र जरिवाना असुल

by टाकुरा न्यूज । इटहरी
असार २, २०८३
0

इटहरी : जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहतका प्रहरी इकाइहरूले अदालत तथा प्रशासन कार्यालयका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत विभिन्न...

कोशीमा ‘पर्यटक प्रहरी अनुशिक्षण’
विविध

कोशीमा ‘पर्यटक प्रहरी अनुशिक्षण’

by टाकुरा न्यूज । इटहरी
असार २, २०८३
0

विराटनगर : कोशी प्रदेशमा पर्यटकको सुरक्षा, संरक्षण र सहजीकरणलाई प्रभावकारी बनाउन सातदिने ‘पर्यटक प्रहरी अनुशिक्षण’ तालिम सुरु गरिएको छ। प्रदेश...

कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?

कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : २२ जना पक्राउ, ब्राउनसुगरदेखि गाँजासम्म बरामद

असार २, २०८३
इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

ओभरटेक गर्दा दुई मोटरसाइकल ठोक्किए, धनकुटामा एकको मृत्यु

असार २, २०८३
गरिब, दलित र बेसहारा बालबालिकाको सहारा बन्यो खोटाङको निःशुल्क आवासीय विद्यालय

गरिब, दलित र बेसहारा बालबालिकाको सहारा बन्यो खोटाङको निःशुल्क आवासीय विद्यालय

असार २, २०८३
झापामा सिटौला–शर्मा भेट, कांग्रेस एकताबारे ‘वान टु वान’ छलफल

झापामा सिटौला–शर्मा भेट, कांग्रेस एकताबारे ‘वान टु वान’ छलफल

असार २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा ११ जना फरार प्रतिवादी नियन्त्रणमा, ६५ दिन कैद र जरिवाना असुल

असार २, २०८३
कोशीमा ‘पर्यटक प्रहरी अनुशिक्षण’

कोशीमा ‘पर्यटक प्रहरी अनुशिक्षण’

असार २, २०८३
कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?

कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : २२ जना पक्राउ, ब्राउनसुगरदेखि गाँजासम्म बरामद

असार २, २०८३
इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

ओभरटेक गर्दा दुई मोटरसाइकल ठोक्किए, धनकुटामा एकको मृत्यु

असार २, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1505 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1427 shares
    Share 571 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    392 shares
    Share 157 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.