विराटनगर : प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले प्रदेशको आउने बजेट अधिवेशन सम्ममा ल्याउने बताएका छन् ।
प्रदेश १ सभाको बैठकमा प्रदेश सभाका सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले नामकरणको सवालमा अघिल्लो दुई तिहाइको सरकारले ४ वर्षमा गर्न नसकेको काम अहिलेको सरकारले ४ महिनामै गर्न लागेको बताए ।
‘दुई तिहाइको सरकार हुँदा एक दिन कहीँकतै छलफल भएन तर, यो सरकार बनेको ४ महिनामै हामीले नामकरणका सवालमा स्वास्थ्यमन्त्री जयराम यादवको संयोजत्वमा समिति बनाएका छौँ, उनले भने, ‘समिति मात्रै नभएर सरकारले सर्वदलीय बैठक बोलाई नामकरण राख्न पहल सुरु गरेको छ । यो अधिवेशनमा नभएपनि आउने बजेट अधिवेशनमा सभामुखमार्फत नै नामकरण प्रस्ताव आउँछ ।’
नाम राख्न एमालेको पनि साथ चाहिने बताउँदै उनले सबैको सहमतिमा जनताको भावना समेटिने गरिको नाम सभामा आउने बताए ।
‘हामी गठबन्धन दलहरूभित्र छौँ, पार्टीबीच वैचारिक मत भिन्नता होलान् तर पनि हामी जनताका माग अनुसारका कुरा सम्बोधन गर्न तयार छौँ ।’














Discussion about this post