सुनसरी : सुनसरीको हरीनगरा गाउँपालिका ४ नुनिया टोल मा हुलाकी राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
आज दिउसो पश्चिमबाट पुर्बतर्फ जाँदै गरेको को २३ प ६६६७ नम्बरको मोटरसाईकललाई बिपरीत दिशाबाट आउँदै गरेको को १ ख ५३१४ नम्बरको बसले ठक्कर दिई दुर्घटना हुँदा मोटरसाईकल चालक स्थानीय ४९ वर्षीय प्रदिप साह घाईते भएका थिए ।
घाईते भएका साहलाई उपचारको लागी नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
बस र चालक बिराटनगर १ का ३३ वर्षीय मोहमद रेम अंसारीलाई इलाका प्रहरी कार्यालय हरिनगराले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post