Tuesday, September 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

सुनसरीको इनरुवामा मेयर राजन मेहेताले राजीनामा दिएर वडा सदस्यको उम्मेदवार भएपछि…

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख १६, २०७९
in समाचार, स्थानीय निर्वाचन
0
सुनसरीको इनरुवामा मेयर राजन मेहेताले राजीनामा दिएर वडा सदस्यको उम्मेदवार भएपछि…
613
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सुनसरीको इनरुवा नगरपालिकाका मेयर राजन मेहेताले मेयर पदबाट राजीनामा दिएर वडा सदस्यको उम्मेदवार भएका छन् ।

इनरुवा नगरपालिका वडा नं. २ बाट मेहेताले वडा सदस्य पदमा उम्मेदवार दिएका हुन् । हाल मेयर रहेका उनले राजीनामा दिएर वडा सदस्यको उम्मेदवार भएका हुन् ।

‘पार्टीले जहाँ लड् भन्यो, त्यहीँ उम्मेदवार दिएको हुँ,’ मेहेताले फोन सम्पर्कमा टाकुरासँग भने, ‘कांग्रेसीहरूले मलाई जे मूल्याङ्कन गरेर टिकट दिए, त्यो मान्नुपर्छ ।’

उनले पार्टीले मूल्याङ्कन गरेर वडा सदस्यको टिकट दिएकाले मान्नुपर्ने तर्क राखे । उनले भने, ‘पार्टीले गरेको मूल्याङ्कन मैले मात्रै होइन, सबैले मान्नुपर्छ ।’

इनरुवा २ मा कांग्रेसबाट रन्जेश भट्टराई वडाध्यक्षको उम्मेदवार छन् ।

कतिपय नेताहरूले भने मेहेताले जिल्ला समन्वय समिति सुनसरीको प्रमुख बन्नका लागि वडा सदस्यमा उम्मेदवारी दिएको बताउँदै आएका छन् ।

यस विषयमा छोटो प्रतिक्रिया दिँदै मेहेताले भने, ‘भोलिको दिन के हुन्छ, थाहा छैन । तर, आज पार्टीले दिएको टिकटमा मैले चुनाव लड्दैछु ।’

यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उनले नेपाली कांग्रेसबाट सदस्यमा उम्मेदवारी दिएका हुन् ।

Tags: #स्थानीय तहइनरुवानिर्वाचनराजन मेहेतास्थानीय निर्वाचन २०७९
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

बेलकाका पहिरो पीडितलाई राहत
FEATURE BREAKING

बेलकाका पहिरो पीडितलाई राहत

by माधव पोख्रेल
भदौ ३०, २०८३
0

उदयपुर । अविरल वर्षासँगै आएको बाढी र पहिरोबाट प्रभावित उदयपुरको बेलका नगरपालिका–८ आहालेका विपद् पीडित परिवारलाई अस्थायी आवाससहित राहत सामग्री...

घुससहित पक्राउ परेका वन अधिकृतविरुद्ध मुद्दा दर्ता
FEATURE BREAKING

घुससहित पक्राउ परेका वन अधिकृतविरुद्ध मुद्दा दर्ता

by माधव पोख्रेल
भदौ ३०, २०८३
0

उदयपुर । डिभिजन वन कार्यालय, उदयपुरका योजना शाखा प्रमुख भुवन पौडेलविरुद्ध घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा...

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

भदौ २९, २०८३
अख्तियारले ‘स्टिङ अप्रेसन’लाई निरन्तरता दिने 

काम अल्झाएर १५ हजार घुस, वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

भदौ २९, २०८३
झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

कन्काइ पुल अधुरै छाड्ने ठेकेदारबाट १ अर्ब ९९ करोड असुलिँदै

भदौ २९, २०८३
सुनसरीमा भन्सार छलीको कपडा बरामद

सुनसरीमा भन्सार छलीको कपडा बरामद

भदौ २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

बेलकाका पहिरो पीडितलाई राहत

बेलकाका पहिरो पीडितलाई राहत

भदौ ३०, २०८३
घुससहित पक्राउ परेका वन अधिकृतविरुद्ध मुद्दा दर्ता

घुससहित पक्राउ परेका वन अधिकृतविरुद्ध मुद्दा दर्ता

भदौ ३०, २०८३
सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

भदौ २९, २०८३
अख्तियारले ‘स्टिङ अप्रेसन’लाई निरन्तरता दिने 

काम अल्झाएर १५ हजार घुस, वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

भदौ २९, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    919 shares
    Share 368 Tweet 230
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    751 shares
    Share 300 Tweet 188
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    352 shares
    Share 141 Tweet 88
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    271 shares
    Share 108 Tweet 68

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.