धरान : धरानका नवनिवार्चित मेयर हर्कराज राई (साम्पाङ) ले पदभार ग्रहण गरेका छन् ।
धरान उपमहानगरपालिका प्राङ्गणमा पुगेका उनलाई कर्मचारीहरूले स्वागत गरे ।
कार्यालयमा बसेपछि उनले कर कत्तिको वैज्ञानिक छ भनेर दररेट निर्धारण गर्न अध्ययन टोली गठन गर्ने पहिलो निर्णय भएको बताए ।
उपमेयर आइन्द्रविक्रम बेघाको संयोजकत्वमा सो अध्ययन टोली गठन भएको हो ।
सदस्यहरूमा प्रमुख प्रशासकीय अधिकृत, नगर प्रमुखबाट मनोनित अर्थशास्त्री एकजना, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष र उनीहरुले तोकेको प्रतिनिधि र सदस्य सचिवमा राजश्व महाशाखा प्रमुख र अन्य थप गर्न मिल्ने गरी अध्ययन टोली बनाइएको छ ।
वैज्ञानिक कर लागू गर्नका लागि अध्ययन टोलीले सुझाव पेश गरेपछि निर्णय गरिने मेयर साम्पाङले बताए ।
भिडियो












Discussion about this post