विराटनगर : कोसी अस्पतालको सुधारको लागि सरसफाईबाट काम शुरु गर्ने अस्पताल प्रशासनले जनाएको छ ।
तत्काल गर्न सकिने काम सरसफाई नै भएको कारण अहिलेलाई सरसफाईमा कडाई गर्ने अस्पताल प्रशासनको तयारी छ ।
संवाद समूहको आयोजनामा विराटनगरमा भएको संवादको क्रममा अस्पतालल विकास समिति र अस्पताल प्रशासनले फोहोरमैला ब्यवस्थापन गर्न कानूनी कारबाहीमा जाने तयारी गरेको हो ।
अस्पताल प्रवेश गर्दादेखि नै धुम्रपान र मध्यपान प्रवेश गरेर अस्पतालभित्र प्रवेश नदिइने, सुर्ती तथा सुर्तीजन्य पद्धार्थ प्रयोग गर्दै कार्यलय परिसरभित्र प्रवेश गरी मनपरी थुक्ने, फोहोर फाल्ने गरेको पाइएमा कानूनी प्रक्रियामा लगिने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट यज्ञ खरेलले बताए ।
‘धुम्रपान र मध्यपान प्रयोग गर्दै कोशी अस्पताल भित्र प्रबेश गर्ने गरिएको छ, जसले अस्पताललाई कुरुप बनाउने काम गरेको छ, उनले भने, अस्पताललाई सफा बनाउने अभियानमा मेरो दृढ इच्छाशक्ति छ, त्यो अभियानमा दलहरूले सहयोग गर्नुपर्छ ।’
अस्पतालभित्र, बिभिन्न बहानामा फोहोर गर्नेलाई कानून अनुसार कारबाही गरेर जाने उनले बताए ।
अस्पतालमा कार्यालय समयमा पनि डाक्टर नबस्ने गुनासो आएपछि त्यसलाई कडाइका साथ कार्यान्वयन गर्न बोर्डसहित कुन सेवा कहाँ लिन पाइन्छ भन्ने संकेतहरु राखिने अस्पताल विकास समितिका अध्यक्ष महेश भट्टराईले जानकारी दिए ।
हामी सघाउँछौँ : दल
सामान्य समस्याले पनि बिरामीलाई असजिलो हुने गगरेको छ । अस्पता प्रवेश गर्ने मुख्य गेटमा सिटी र अटोको कारण बिरामी तथा एम्बुलेन्सलाई आवत जावतमा समस्या हुने गरेपछि त्यसलाई ब्यवस्थापन गर्न अस्पताल प्रशासनले ट्राफिक प्रहरीको सहयोग लिने बताएको छ ।
अस्पतालको गेट देखि भित्रैसम्म सिटी र अटोका कारण समस्या रहेकोले त्यसलाई ब्यवस्थापन गर्न नेकपा एकीकृत समाजवादीका नेता महेश रेग्मीले सुझाव दिएका थिए ।
‘कोसी अस्पतालको केही सुधार भएको देखिएपनि शत् प्रतिशत कामहरु पुरा भएको देखिँदैन,’ उनले भने, ‘दलहरूको तर्फबाट गर्नुपर्ने सहयोगमा कुनै कमी भएको छैन, अस्पताल प्रशासनले गरेको प्रतिबद्धता कार्यान्वयन गर्नुप¥यो ।’
उपभोक्तावादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले सूचना प्रणालीलाई ब्यवस्थित गर्नुपर्ने बताए । अनुहार चिनिने मान्छे गयो भने सहजै्र उपचार पाउने र नयाँ ब्यक्ति उपचारको लागि गयो भने अलमल पर्नुपर्ने अवस्थाको अन्त्य गर्न उनले आग्रह गरे ।
नेपाली कांग्रेसका उपसभापति भक्तिनाथ माझीले सरसफाईमा धेरै काम भएपनि नागरिकका समस्यामा अस्पतालले अझै काम गर्न नसकेको बताए ।
‘नागरिकलाई समस्या परेको बेला समाधान गर्नको लागि चासो नदिएको जस्तो देखियो,’ उनले भने, ‘अहिलेको अस्पतालको अबस्था कुनै बिरामी आधा घण्टा कुर्नु प¥यो भने कहाँ राख्ने भन्ने चिन्ता छ ।’
नेकपा एमालेका सचिव रुपेश खतिवडाले अस्पताल सुधार गर्दैछौँ भनेपनि सामान्य नागरिकले सेवा पाउन निक्कै गाह्रो रहेको बताए ।
‘अस्पतालले सरसफाईका मापदण्ड पुरा गरेको छैन,’ उनले भने, ‘कोसी अस्पताल नचलेको फ्याक्ट्रीको गोदाम घर जस्तो देखिएको छ, सरसफाईको अबस्था हेर्दा दर्दनाक देखिन्छ ।’
लोसपाका जिल्ला अध्यक्ष मोहम्मद कादिरले नागरिकले उपचार गर्न आउँदा फोन गरेर आउनुपर्ने बाध्यता रहेको बताए । उनले पहिलाको भन्दा अहिले अस्पतालको ब्यवस्थापकीय रुपमा केही सुधार भएको बताए ।
यस्तै, राप्रपाका सचिव टंक गुरागाईले अस्पताल कस्तो बनाउने भन्ने हात प्रशासनको जिम्मेवारी लिएका ब्यक्तिको हुने बताए ।














Discussion about this post