इटहरी : इटहरीका सञ्चारकर्मी चन्द्र न्यौपानेको स्मृतिको अक्षयकोषको स्थापना भएको छ ।
निजी रेडियोहरूको छाता संस्था ब्रोडकाष्टिङ् अफ नेपाल (बान) का पूर्व अध्यक्ष समेत रहेका स्वर्गीय न्यौपानेको प्रथम स्मृति दिवसको अवसरमा शनिबार एक कार्यक्रमको आयोजना गर्दै अक्षयकोष स्थापना गरिएको छ ।
पत्रकारिता क्षेत्रमा अध्ययन, अनुसन्धान गर्ने तथा सामूदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई सहयोग गर्न ट्रष्ट स्थापना गरिएको हो ।
अक्षयकोषमा मृतक न्यौपानेका परिवारका तर्फबाट ५ लाख, दमक नगरपालिकाबाट ३ लाख र अन्य संघ संस्थाबाट गरी ९ लाख जम्मा भइसकेको छ।
अक्षयकोषमा जम्मा भएको रकमबाट प्राप्त ब्याजले हरेक वर्ष पत्रकारिता क्षेत्रमा अध्ययन तथा अनुसन्धान गर्ने विद्यार्थीलाई सहयोग गरिने ट्रस्टकी अध्यक्ष अनिता न्यौपानेले बताइन् ।














Discussion about this post