झापा : झापाको अर्जुनधारा नगरपालिका ४ मा बोराभित्र शव फेला परेको छ ।
सोमबार बिहान बस्तीमा दुर्गन्ध फैलिएपछि स्थानीयले प्रहरीलाई खबर गरेर हेर्दा शव भेटिएको हो ।
इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रुगम कुबेरका अनुसार मृतकको सनाखत हुन सकेको छैन । मृतकको पाखुरामा आरएन लेखिएको टाटु रहेको छ ।
मृतक अन्दाजी ४०–४५ उमेर समूहको हुन सक्ने उनले बताए । शव ह्युमपाइपमुनि फालिएको अवस्थामा भेटिएको कुँवरको भनाइ छ ।
डीएसपी कुँवरले भने, ‘बोराबाट शव निकालेर पोस्टमार्टमको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएका छौँ ।’
उनका अनुसार शव सड्ने अवस्थामा भेटिएका कारण सनाखत हुन समस्या भएको हो । प्रहरीका अनुसार मृतकको हत्या भएको हुनसक्ने अनुमान गरिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post