धरान : सुनसरी उद्योग वाणिज्य संघको सोमबार भएको निर्वाचनमा उद्योगतर्फ कांग्रेस निकट विजय श्रेष्ठको प्यानलै निर्वाचित भएको छ ।
श्रेष्ठ प्यानलका पीयुषराज आचार्यले ५७८, प्रभाव खतिवडाले ५३० मत, महेन्द्र प्रधानले ५२१ मत र विष्णु बरालले ४९३ मत प्राप्त गर्दै विजयी भए । यस्तै, एमाले निकटका शिवराज श्रेष्ठ प्यानलका भोला श्रेष्ठले ४१५, चन्द्रप्रसाद बजगाईँले २८४ मत प्राप्त गरे ।
यस्तै, वस्तुगततर्फ विजय प्यानलका रामस्वरुप शर्मा र शिवराज प्यानलका पदमप्रसाद लिम्बू विजयी भएका छन् ।
अहिले अध्यक्षका लागि भइरहेको मतगणनामा विजय श्रेष्ठले अग्रता लिइरहेका छन् ।













Discussion about this post