इटहरी : सुनसरीको देवानगन्ज गाउँपालिका वडा नम्बर ७ पक्की टोल स्थितबाट भन्सार छली ल्याएको ३० लाख बराबरको लत्ता कपडा गाडीसहित प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार (आज) १ नम्बर प्रदेश प्रहरी कार्यालय, प्रादेशिक अनुसन्धान समूह आरआइटीबाट खटिएको प्रहरी टोलीले को १ ख २१२९ नम्बरको मिनी ट्रकमा लोड गरी ल्याउँदै गरेको अवस्थामा फेला पारेको थियो ।
चालक फरार रहेकोले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
बरामद भएको लत्ताकपडा र गाडी कानूनी प्रकृया पूरा गरी आवश्यक कारबाहीको लागि सुनसरी भन्सार कार्यालय कोशी ब्यारेजमा पठाइएको प्रहरीले जनाएको छ ।













Discussion about this post