Saturday, August 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

नामकरणको विषयमा ज्यान जोखिममा परेको भन्दै सांसद सर्वध्वज साँवाको ‘गुहार’ (भिडियो)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन ८, २०७९
in टाकुरा विशेष, समाचार
0
नामकरणको विषयमा ज्यान जोखिममा परेको भन्दै सांसद सर्वध्वज साँवाको ‘गुहार’ (भिडियो)
186
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नामकरणको विषयमा ज्यान जोखिममा परेको भन्दै प्रदेश १ का सांसद सर्वध्वज साँवाले ‘गुहार’ मागेका छन् ।

आइतबार प्रदेशसभाको शून्य समयावधिमा बोल्दै साँवाले नामकरणको विषयमा आफूहरू घेराबन्दीमा परेको बताए ।

उनले भने, ‘गुहार, गुहार, गुहार भन्न चाहन्छु, किनकि अहिले हामी माननीयहरूलाई बलीका बोका बनाइएको छ, कहिले मुख्यमन्त्री घेरामा पर्नुहुन्छ, कहिले हामी सांसदहरू घरमै घेरामा पर्छौँ ।’

उनले प्रदेशको नामकरणलाई लिएर सडकमा आन्दोलन भइरहेकाले यो खतराको संकेत रहेकाले यसबाट बचाउनुपर्ने निवेदन गरे ।

‘प्रदेशको नाम कोही समूहले भन्नुहुन्छ, कोशी राख्नुहोस्, नत्र यो चुनावमा पहिचानवादी शून्य बनाइदिन्छौँ भन्दै धम्की आउँछ,’ साँवाले भने, ‘अर्को समूह भन्छ किरात लिम्बूवान नाम राखेनौ भने कोशीमा बगाइदिन्छौँ भन्ने घेरामा परिरहेका छौँ, हामी बढो सकसमा छौँ ।’

नामकरण नहुँदा ज्यानै जोखिममा परेको भन्दै उनले भने, ‘हामी अफ्ट्यारो परिस्थितिमा छौँ, ज्यान जोखिममा परेको छ, त्यसो भएको हुनाले यो अफ्ट्यारोबाट बचाउनका निम्ति प्रदेशसभामा गोप्य मतदान गर्ने व्यवस्था गरियोस्, वा जनमतसङ्ग्रह गर्ने व्यवस्था गरियोस् ।’

कसले कहाँ मत हालेको जनताले हेर्ने भएकाले त्यसतर्फ ध्यान दिन उनले आग्रह गरे ।

९३ सांसद रहेको प्रदेश १ मा ९० मध्ये नामकरणका लागि ६१ सांसदको मत आवश्यक पर्छ । एमालेका ३९, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जसपाका तीन, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक–एक सांसद छन् ।

नेपालको संविधानअनुसार प्रदेशको नामकरणका लागि दुई तिहाइ बहुमत आवश्यक पर्छ ।

प्रदेश १ को नामकरणका लागि सगरमाथा, कोशी, सप्तकोशी, किरात, कोशी किरात, किरात लिम्बूवान, लिम्बूवान नाम चर्चामा छन् ।

भिडियो

Tags: #प्रदेश १टाकुरा विशेषनामकरणप्रदेश सभाप्रदेशसभा बैठकसर्वध्वज साँवा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ
समाचार

इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
साउन २९, २०८३
0

इटहरी : इटहरी उपमहानगरपालिका–१० शिवनारायण टोलबाट प्रहरीले ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका...

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान
FEATURE BREAKING

कोशीमा भागबन्डा टुंगियो, एमालेले पाँच र नेकपाले चार मन्त्रालय पाउने

by टाकुरा न्यूज । इटहरी
साउन २९, २०८३
0

इटहरी : कोशी प्रदेश सरकार विस्तारमा देखिएको मन्त्रालय भागबन्डाको विवाद केन्द्रीय नेतृत्वको हस्तक्षेपपछि टुंगिएको छ। नयाँ सत्तासमीकरणअनुसार एमालेले पाँच र...

इटहरी–धरानसहितका ठाउँमा खाना पकाउने ग्यासको चरम अभाव

मोरङमा म्याद गुज्रिएका सिलिन्डरमा सिल, रिजालको ग्यासलाई २ लाख ९५ हजार जरिबाना

साउन २९, २०८३
‘इटहरीको सेरोफेरो’ पुस्तक तथ्यहीन र भ्रामक भएको दाबी, जानकार भन्छन्- इतिहास तोडमोड गरियो

‘इटहरीको सेरोफेरो’ पुस्तक तथ्यहीन र भ्रामक भएको दाबी, जानकार भन्छन्- इतिहास तोडमोड गरियो

साउन २८, २०८३
झापा : चार महिनामा जेईबाट पाँच जनाको मृत्यु, नौ जनामा संक्रमण पुष्टि

झापा : चार महिनामा जेईबाट पाँच जनाको मृत्यु, नौ जनामा संक्रमण पुष्टि

साउन २८, २०८३
करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

साउन २८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

साउन २९, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशीमा भागबन्डा टुंगियो, एमालेले पाँच र नेकपाले चार मन्त्रालय पाउने

साउन २९, २०८३
इटहरी–धरानसहितका ठाउँमा खाना पकाउने ग्यासको चरम अभाव

मोरङमा म्याद गुज्रिएका सिलिन्डरमा सिल, रिजालको ग्यासलाई २ लाख ९५ हजार जरिबाना

साउन २९, २०८३
‘इटहरीको सेरोफेरो’ पुस्तक तथ्यहीन र भ्रामक भएको दाबी, जानकार भन्छन्- इतिहास तोडमोड गरियो

‘इटहरीको सेरोफेरो’ पुस्तक तथ्यहीन र भ्रामक भएको दाबी, जानकार भन्छन्- इतिहास तोडमोड गरियो

साउन २८, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1115 shares
    Share 446 Tweet 279
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    636 shares
    Share 254 Tweet 159
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    445 shares
    Share 178 Tweet 111
  • बुबाको उपचारका लागि रकम बोकेर धरान आएका प्रधानाध्यापक दुर्घटनामै अस्ताए

    310 shares
    Share 124 Tweet 78

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.