इटहरी (डेस्क) : सुनसरीमा घाँस काटेको निहुमा छिमेकीको कुटपिटबाट २६ वर्षीया महिलाको मृत्यु भएको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सुनसरीको बर्जु गाउँपालिका ३ की वर्षीया चन्द्रकला रायलाई घाँस काटेको निहुमा कुटपिट भएको हो । कुटपिटबाट घाइते भएकी रायको उपचारको क्रममा मृत्यु भएको छ ।
विराटनगरस्थित कोसी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । प्रहरीका अनुसार छिमेकी सङ्गीता रायसहित उनका परिवारले घाँस काटेको निहुमा साउन १३ गते कुटपिट गरेको उनका पति सकलदीप रायले बताए ।
चन्द्रकलामाथि सङ्गीता र उनको परिवारले मुङ्ग्रो लगायतले प्रहार गरी गम्भीर घाइते बनाएका थिए । पीडित सकलदीप भने, ‘उनीहरूले जहानलाई कुटपिट साथै यौनाङ्गमा पनि हात हालेर आक्रमण गरेका रहेछन् ।’
पत्नीको मृत्युपश्चात् सकलदीपले आक्रमण गर्नेविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएका छन् ।













Discussion about this post