इटहरी : नेपाल फोटो पत्रकार महासंघ सुनसरीको दोस्रो अधिवेशनले विकास चाम्लिङ राईको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन भएको छ ।
अधिवेशनले पुनः राईको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
महासंघका केन्द्रीय सदस्य उपेन्द्र चाम्लिङ राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको अधिवेशनले उपाध्यक्षमा नवीन गड्तौला, सचिवमा शिशिर राई, सहसचिवमा नसिम अन्सारी र सनम तामाङ, कोषाध्यक्षमा सञ्जु राई र सहकोषाध्यक्षमा सागर सिंजालीलाई सर्वसम्मच चयन गरेको हो ।
यस्तै, सदस्यहरूमा सोहन श्रेष्ठ, सञ्जय याक्खा, नरेन कुलुङ, विक्रान्त श्रेष्ठ र शुक्रान्त राई, लासेवा सुब्बा, मौषमी कार्की, स्नेहा श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ र प्रतीप राई चयन भएका छन् ।













Discussion about this post