विराटनगर : नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले प्रयोग गर्दै आएको सवारीसाधन प्रदेशसभालाई बुझाएका छन् ।
सोमबार विराटनगरस्थित प्रदेशसभालाई नेता कोइरालाले आफूले प्रयोग गर्दै आएको को १ झ ६५४ नम्बरको सवारी बुझाएको जानकारी दिए । निर्वाचन नजिकिएसँगै उनले सरकारी सम्पत्ति समयमा नै आफूले बुझाएको जानकारी दिए।
उनले भने, ‘अन्यले के गर्नुहुन्छ थाहा भएन। तर, समयमै सरकारी सम्पत्ति बुझाएको हुँ। यसमा भोलिका दिनमा नैतिकताको प्रश्नसमेत आउन सक्ला।’
कोइराला सुनसरीको क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभामा निर्वाचित भएका थिए ।
Discussion about this post