विराटनगर : औषधि व्यवसायी एवं चिकित्सकलाई धम्क्याएर रकम असुल्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा विराटनगर ३ का ३३ वर्षीय विजय दाहाल रहेका छन् ।
पक्राउ परेका दाहाल केही समयअघि हत्या अभियोगमा जेल सजाय काटेर निस्केको प्रहरीले जनाएको छ ।
डरत्रास देखाइ रकम असुल्ने एवं माग गर्ने गरेको सूचनाको आधारमा प्रदेश र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले दाहाललाई मंगलबार पक्राउ गरेको हो ।
उनलाई आपराधिक लाभ कसूरमा जिल्ला अदालतमा उपस्थित गराई ३ दिनको म्याद लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post