इटहरी : आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा कुल १ करोड ७९ लाख मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले आज प्रेस विज्ञप्ति जारी गर्दै तथ्यांक सार्वजनिक गरेको हो ।
आयोगका अनुसार १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले मतदान गर्न पाउने भएका छन् । आयोगका अनुसार मोरङमा सबैभन्दा बढी मतदाता रहेका छन् ।
यहाँ कुल ७,३५,५२५ मतदाता रहेको तथ्यांकमा उल्लेख छ ।
यसअघि वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता थिए ।














Discussion about this post