Thursday, July 30, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीमा मादक पदार्थ सेवन गरी धम्की दिने कांग्रेसका वडा सभापति पक्राउ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज २, २०७९
in समाचार
0
इटहरीको द बर्गर हाउसमा चोरी, चोरीमा संलग्न २ महिलासहित ८ जना पक्राउ

तस्वीरमा इटहरी प्रहरी कार्यालय ।

1.6k
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा मादक पदार्थ सेवन गरेर धाकधम्की दिँदै हिड्ने कांग्रेसका वडा सभापतिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नेपाली कांग्रेस इटहरी वडा नं. १० का वडासभापति प्रकाश कोइराला (खेमराज) रहेका छन् ।

भदौ १५ गते राति करीब साढे १० बजे स्थानीय सोनम अधिकारीको घरमा गएर अश्लील शब्द प्रयोग गर्दै धम्की दिएपछि प्रहरीमा उजुरी परेको थियो ।

“२५ गते रातिको समयमा रक्सी खाएर म डन हुँ, डीएसपी र मेयर मेरो मान्छे छन् भन्दै घरमै आएर धम्की दिएपछि हामीले प्रहरीमा उजुरी दिएका थियौँ,” सोनमका छोरा सन्जोक अधिकारीले भने, “रातको समयमा घरमै आएर आमामाथि अश्लील शब्द प्रयोग गर्ने र कुटपिट गर्न खोजेपछि प्रहरीमा उजुरी गरेका हौं, कति दिन सहने?”

असह्य भएपछि २६ गते बिहान इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी गरेको उनले बताए । गत स्थानीय तहको निर्वाचनमा अधिकारी कांग्रेसबाट वडासदस्यमा उठेका थिए । सोही रिसिबी साँधेको हुनसक्ने उनको आशंका छ ।

“म गत स्थानीय निर्वाचनमा वडासदस्य उठेको थिएँ, वहाँ पार्टी सभापति भएकाले टिकट नपाएको रिस हुनसक्छ,” उनले भने, “वहाँले सबैलाई अन्डरमा राख्न खोज्ने र हामी पनि त्यही अन्डरमा बस्नुपर्छ भन्ने भएकाले धम्की दिएको हुनुपर्छ, यो असह्य हुन्छ ।”

प्रहरीमा उजुरी गरेपछि शनिबार कोइरालालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका इन्सपेक्टर भीमबहादुर खड्काले बताए ।

“निवेदन दिएपछि पक्राउ परेका र पीडित पक्षलाई बोलाएर छलफल गराउने तयारी भइरहेको छ,” खड्काले भने, “छलफल गर्दा मुद्दा दर्ता गर्ने किसिमको घटना भएको पाइए कारबाहीको प्रक्रिया अगाडि बढाउँछौं ।”

उनले दुवै पक्षलाई छलफलका लागि बोलाइएको प्रतिक्रिया दिए ।

Tags: #इटहरी प्रहरी#पक्राउधम्की
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरी : सामाजिक सद्भाव कायम राख्न सर्वपक्षीय सहमति
FEATURE BREAKING

देवानगञ्ज घटनापछि सुनसरी प्रशासनमा सर्वपक्षीय छलफल, यस्ता छन् पाँचबुँदे प्रतिबद्धता

by टाकुरा न्यूज । इटहरी
साउन १३, २०८३
0

इटहरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न तनावलाई मध्यनजर गर्दै सरोकारवाला पक्षहरूले जिल्लामा शान्ति, सुरक्षा र सामाजिक सद्भाव...

कोशीमा खेल प्रशिक्षकको असमान वितरण, कतै १२ जना, कतै एक जना पनि छैन
खेलकुद

कोशीमा खेल प्रशिक्षकको असमान वितरण, कतै १२ जना, कतै एक जना पनि छैन

by टाकुरा न्यूज । इटहरी
साउन १३, २०८३
0

विराटनगर : कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा खेल प्रशिक्षकहरूको संख्यामा ठूलो भिन्नता देखिएको छ। प्रदेशका १४ वटा जिल्लामा खेल र खेलाडीको...

सुनसरी घटनाको छानबिन समितिमा फरेन्सिक र ब्यालिस्टिक विज्ञ थप

सुनसरी घटनाको छानबिन समितिमा फरेन्सिक र ब्यालिस्टिक विज्ञ थप

साउन १३, २०८३
कोशी सरकारको घोषणा : मृतकका परिवारलाई दुई लाख, घाइते र पीडितलाई ५० हजार राहत

कोशी सरकारको घोषणा : मृतकका परिवारलाई दुई लाख, घाइते र पीडितलाई ५० हजार राहत

साउन १३, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा कारको ठक्करबाट ९२ वर्षीया वृद्धाको निधन

साउन १३, २०८३
नेपालमा बाघको संख्या ३३५ बाट बढेर ४२९ पुग्यो

नेपालमा बाघको संख्या ३३५ बाट बढेर ४२९ पुग्यो

साउन १३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरी : सामाजिक सद्भाव कायम राख्न सर्वपक्षीय सहमति

देवानगञ्ज घटनापछि सुनसरी प्रशासनमा सर्वपक्षीय छलफल, यस्ता छन् पाँचबुँदे प्रतिबद्धता

साउन १३, २०८३
कोशीमा खेल प्रशिक्षकको असमान वितरण, कतै १२ जना, कतै एक जना पनि छैन

कोशीमा खेल प्रशिक्षकको असमान वितरण, कतै १२ जना, कतै एक जना पनि छैन

साउन १३, २०८३
सुनसरी घटनाको छानबिन समितिमा फरेन्सिक र ब्यालिस्टिक विज्ञ थप

सुनसरी घटनाको छानबिन समितिमा फरेन्सिक र ब्यालिस्टिक विज्ञ थप

साउन १३, २०८३
कोशी सरकारको घोषणा : मृतकका परिवारलाई दुई लाख, घाइते र पीडितलाई ५० हजार राहत

कोशी सरकारको घोषणा : मृतकका परिवारलाई दुई लाख, घाइते र पीडितलाई ५० हजार राहत

साउन १३, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    631 shares
    Share 252 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.