इटहरी : ‘प्रहरीको हाकिम हुँ’ भन्दै धम्की दिएर रकम माग गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगरस्थित ब्यापारीहरूलाई धाक धम्की दिइ रकम माग गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका २ का २९ वर्षीय रबिन घिमिरे रहेका छन् ।
घिमिरेले ब्यापारीहरूलाई आफू ‘प्रहरीको हाकिम हुँ’ भन्दै रकम माग गर्दै गरेको अवस्थामा विराटनगर १५ स्थितबाट इलाका प्रहरी कार्यालय रानीको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनको अभद्र ब्यवहार गर्न नहुने कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।














Discussion about this post