मोरङ : मोरङ क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. सुनील शर्माले निर्वाचनपछि जनताको सेवा र क्षेत्रको भौतिक विकासमा सक्रिय हुने बताएका छन् ।
चुनावी अभियानका क्रममा उनले निर्वाचनपछि पनि आफू जनताको सेवा र क्षेत्रको भौतिक विकासमा निरन्तर सक्रिय हुने बताएका हुन् । अहिले घरदैलोका क्रममा जनताले आफूलाई माया र विश्वास गरेकाले निर्वाचन जित्ने उनको दाबी छ ।
आम नागरिकका लागि स्वास्थ्यमा पहुँच बढाउन स्वास्थ्य बीमा कार्यक्रमलाई अझै प्रभावकारी ढंगले कार्यन्वयन गर्न सकिने शर्माले बताए ।
आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ क्षेत्र नं. ३ बाट सत्ता गठबन्धनतर्फ प्रतिनिधिसभा सदस्यमा शर्मा चुनावी मैदानमा छन् ।












Discussion about this post