इटहरी : इटहरीमा सरकारी कर्मचारीलाई कार्यालय पोसाकमा कडाई गरिएको छ ।
इटहरी उपमहानगरपालिकामा कार्यरत कर्मचारीहरूलाई कार्यालयको पोसाकमा कडाई गर्न थालिएको हो ।
सोमबार (आज) कार्यालय प्रवेश गर्ने समयमा उपमहानगरपाल्किाका नगर प्रहरीले गेटबाटै सरकारले तोकेको पोसाक नलगाउँनेलाई कडाई गरेको हो ।
कर्मचारीहरूलाई कार्यालयको पोसाकमा कार्यालय आउन लामो समयदेखि बारम्बार अनुरोध गरेपनि अटेर गरेको र कार्यालय समयमा समेत कर्मचारी उपस्थित नहुने इटहरी उपमहानगरपालिका नगर प्रहरी शाखा प्रमुख जेबी राईले जानकारी दिए ।
कार्यालयको समय अवधि नसकिदै कर्मचारी ब्यक्तिगत काममा बाहिरिने र फेरि कार्यालय उपस्थित नहुने भएकाले पोसाकमा कडाई गरिएको उनको भनाई छ ।
सोमबार मात्रै २५ जना पोसाकबिना आएका कर्मचारीलाई कारबाही गरिएको बताइएको छ । यस्तै, समयमा उपस्थित नहुने कर्मचारीहरूलाई कार्यालय प्रवेशमा रोक लगाएको बताइएको छ ।














Discussion about this post