इटहरी : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सुनसरी क्षेत्र नम्बर २ (ख) बाट लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार राजीव कोइराला अहिले चुनावी अभियान अन्तर्गत घरदैलामा व्यस्त छन् ।
कोइरालाले मतादाताहरूको घर–घरमा पुगेर आफूलाई मत दिएर जिताउन आग्रह गरिरहेका छन् ।
अघिल्लो निर्वाचनमा सुनसरी २ (ख) बाटै प्रदेशसभा सदस्यमा निर्वाचित भएर काम गरेका कोइराला यसपटक पनि सोही क्षेत्रबाट प्रदेशसभा सदस्यको उम्मेदवार छन् ।
कोइरालाले आँफू प्रदेश सांसद भएपछि महत्वपूर्ण कामहरू गरेको र केही कामहरू गर्न बाँकी रहेको बताउँदै आएका छन् । उनले भने, ‘मेरो उम्मेदवारी त्यही बाँकी काम पूरा गर्न र यस क्षेत्रको विकासको अर्को चरणको अध्याय सुरु गर्नको लागि हो,’ उनले भने ।
नेपाली कांग्रेस सुनसरीका पूर्व सभापति समेत रहेका कोइराला सफल नेतृत्वकर्ता मानिन्छन् ।
सादगी जीवनशैली र सरल स्वभावका कोइरालालाई इमान्दार जनप्रतिनिधिको रूपमा मतदाताले चिन्छन् । उनले यसपटक पनि चुनाव जित्ने विश्वास व्यक्त गरे ।
Discussion about this post