इटहरी : इटहरीमा रहेको इन्खा एकीकृत अस्पताल र पूर्वेली क्लबको संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा ५९ जनाले रक्तदान गरेका छन् ।
इन्खा एकीकृत अस्पताल र पूर्वेली क्लब इटहरीले आज (बुधबार) आयोजना गरेको रक्तदान कार्यक्रममा ५९ पिन्ट रगत संकलन भएको हो ।
इन्खा एकीकृत अस्पतालका अध्यक्ष डा. खगेन्द्र ओलीको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी इटहरीका सभापति विमल पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
पछिल्लो समय रगतको चरम अभाव भएको भन्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको डा. ओलीले बताए ।












Discussion about this post