Saturday, October 10, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

प्रदेश १ : नामकरण गरेर ‘प्रदेश गलत हो’ भन्नेहरूलाई जवाफ दिन सांसदरूको जोड

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस १७, २०७९
in समाचार
0
प्रदेश १ : नामकरण गरेर ‘प्रदेश गलत हो’ भन्नेहरूलाई जवाफ दिन सांसदरूको जोड
120
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : पहिलो कार्यकालमा टुंगो लाग्न नसकेको प्रदेश १ को नामकरण चाँडै सर्वसम्मत रूपले गरेर संघीयता विरोधीहरूलाई जवाफ दिनुपर्ने नवनिर्वाचित प्रदेश सांसदहरूले जोड दिएका छन् ।

नवनिर्वाचित सांसदहरूलाई पुस १५ र १६ गते प्रदान गरेको दुईदिने अभिमुखीकरणको शनिबार समापन कार्यक्रममा बोल्दै सांसदहरूले प्रदेशको नामाकरण चाँडै सर्वसम्मत रूपले गरेर संघीयता विरोधीहरूलाई जवाफ दिनुपर्नेमा जोड दिएका हुन् ।

प्रदेशको नामाकरणसँगै पाँच वर्षसम्म सत्ता र प्रतिपक्षको विभेदकारी व्यवहारबाट मुक्त्त भएर सबै दलहरूले सहकार्य गरेमात्र प्रदेश संरचना विकासको अधिकारका लागि आवश्यक छ भन्ने औचित्य पुष्टि हुने दोस्रो कार्यकालका लागि निर्वाचित सांसदहरूको भनाइ छ ।

नेकपा एमालेका नेता बुद्धिकुमार राजभण्डारीले ‘प्रदेश भडकिलो र खर्चिलो भयो यसको काम छैन खारेज गर्नुपर्छ’ भन्ने प्रश्नहरू उठ्न थालेकाले त्यसलाई गलत बनाउन अबको पाँचवर्ष सबै दलहरूले आपसी समन्वय गरेर प्रभावकारी काम गर्नुपर्नेमा जोड दिए ।

उनले राजनैतिक पार्टीहरू सत्ता र प्रतिपक्षको विभेदबाट मुक्त्त भएर एकताको भावनाले कामगर्न सके पाँच वर्षमा प्रदेशसभा विकासका लागि आवश्यक छ भन्ने सहजै पृष्टि दाबी गरे । ने

काँग्रेस संसदीय दलका नेता उद्वव थापाले प्रादेशिक संरचना गलत नभइ सही नै हो भन्ने कुरा पुष्टि गर्नका निम्ति सरकारले सकारात्मक काम गर्नुपर्ने बताए ।

नेता थापाले प्रभावकारी कानुन बनाउन र बनेका कानुनहरू कार्यान्वयन गराउँदै सरकारको निगरानी गर्न सकेमा प्रदेशमा विकासले फड्को मार्ने र संघीयता गलत हो भन्नेहरूको प्रश्न आफैँ गलत साबित हुने बताए ।

माओबादी केन्द्रका नेता दुर्गा चापागाईँले निर्वाचित भएका सबै दलका सांसदहरूले पाँचवर्ष चनाखो भएर काम गर्न सके प्रदेश गलत हो भन्नेहरू आफै गलत साबित हुने बताए ।

राप्रपा संसदीय दलका नेता भक्त्तिप्रसाद सिटौला, एकीकृत समाजबादीका नेता कमलप्रसाद जबेगु र जनता समाजबादीकी निर्मला लिम्बूले विकासका लागि सबै दलहरू एक हुनुको विकल्प नभएको भन्दै आगामी पाँचवर्ष इमान्दार र पारदर्शी ढंगले काम गर्ने बताए ।

निर्वाचित ९३ जना सांसदहरूलाई विराटनगरमा अभिमुखीकरण दिएको थियो । संविधानविद डा. विपिन अधिकारीले सहजीकरण गरेका थिए ।

यस्तै, प्रतिनिधिसभाका पूर्व सचिव मुकुन्द आचार्यले प्रदेशसभा सञ्चालन र व्यवस्थापनको प्रकृया र मर्यादाका लागि पालना गर्नुपर्ने आचारणहरूबारे बुझाएका थिए ।

पूर्व महालेखा प्र्रमुख सुरेश प्रधानले सार्वजनिक व्यवस्थापन, बजेट कार्यान्वयन र निगरानी र लेखा परीक्षणबारे जानकारी गराएका थिए ।

संसदीय पत्रकार मञ्च प्रदेश १ का अध्यक्ष गणेश लम्सालले संसदको खुलापन बढाउँदै आम नागरिकहरूको पक्षमा काम गर्न सांसद, सचिवालय र पत्रकारबीच सहकार्य हुनुपर्ने बताए ।

Tags: #प्रदेश १नामकरण
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा आगलागी नियन्त्रण र उद्धारमा सुरक्षा निकायको संयुक्त अभ्यास
FEATURE BREAKING

सुनसरीमा आगलागी नियन्त्रण र उद्धारमा सुरक्षा निकायको संयुक्त अभ्यास

by टाकुरा न्यूज । इटहरी
अशोज २३, २०८३
0

इटहरी : आगलागीलगायत विपद्का घटनामा हुने जनधनको क्षति न्यूनीकरण तथा आपत्कालीन उद्धारलाई प्रभावकारी बनाउन सुनसरीमा सुरक्षा निकायको संयुक्त नमुना अभ्यास...

सुनसरी काँग्रेसका हस्ती दुई राजीव : सहमहामन्त्री र केन्द्रीय सदस्यका उम्मेदवार
FEATURE BREAKING

सुनसरी काँग्रेसका हस्ती दुई राजीव : सहमहामन्त्री र केन्द्रीय सदस्यका उम्मेदवार

by टाकुरा न्यूज । इटहरी
अशोज २३, २०८३
0

इटहरी : नेपाली काँग्रेसको १५औँ महाधिवेशनमा सुनसरीका दुई हस्ती उम्मेदवार बनेका छन् । नेपाली काँग्रेस सुनसरीका दुई महत्त्वपूर्ण नेताका रुपमा...

कांग्रेस महाधिवेशनमा युवा पुस्ताको प्रतिनिधित्व खोज्दै दोर्ची शेर्पा

कांग्रेस महाधिवेशनमा युवा पुस्ताको प्रतिनिधित्व खोज्दै दोर्ची शेर्पा

अशोज २२, २०८३
ट्रिपर सञ्चानलमा राेक लगाएपछि सडक अवरुद्ध

ट्रिपर सञ्चानलमा राेक लगाएपछि सडक अवरुद्ध

अशोज २२, २०८३
कांग्रेस महाधिवेशनमा उदयपुरबाट आठ जनाको उम्मेदवारी

कांग्रेस महाधिवेशनमा उदयपुरबाट आठ जनाको उम्मेदवारी

अशोज २२, २०८३
नदीजन्य पदार्थ उत्खनन र पूर्वाधार निर्माणमा स्थानीयको गुनासो

नदीजन्य पदार्थ उत्खनन र पूर्वाधार निर्माणमा स्थानीयको गुनासो

अशोज २२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा आगलागी नियन्त्रण र उद्धारमा सुरक्षा निकायको संयुक्त अभ्यास

सुनसरीमा आगलागी नियन्त्रण र उद्धारमा सुरक्षा निकायको संयुक्त अभ्यास

अशोज २३, २०८३
सुनसरी काँग्रेसका हस्ती दुई राजीव : सहमहामन्त्री र केन्द्रीय सदस्यका उम्मेदवार

सुनसरी काँग्रेसका हस्ती दुई राजीव : सहमहामन्त्री र केन्द्रीय सदस्यका उम्मेदवार

अशोज २३, २०८३
कांग्रेस महाधिवेशनमा युवा पुस्ताको प्रतिनिधित्व खोज्दै दोर्ची शेर्पा

कांग्रेस महाधिवेशनमा युवा पुस्ताको प्रतिनिधित्व खोज्दै दोर्ची शेर्पा

अशोज २२, २०८३
ट्रिपर सञ्चानलमा राेक लगाएपछि सडक अवरुद्ध

ट्रिपर सञ्चानलमा राेक लगाएपछि सडक अवरुद्ध

अशोज २२, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    969 shares
    Share 388 Tweet 242
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    763 shares
    Share 305 Tweet 191
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    633 shares
    Share 253 Tweet 158
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    357 shares
    Share 143 Tweet 89

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.