इटहरी : नेपाल विद्यार्थी संघ (नेविसंघ) जनता बहुमुखी क्याम्पसले आयोजना गरेको क्रिकेट प्रतियोगितामा इटहरीको विश्व आदर्श कलेजले उपाधि चुमेको छ ।
सोमबार भएको फाइनल खेलमा आयोजक जनता बहुमुखी क्याम्पसलाई ९ रनले पराजित गर्दै विश्व आदर्शले उपाधि चुमेको हो ।
फाइनल खेलमा टस जितेर बलिङ गरेको आयोजक जनता क्याम्पसले २० ओभरको खेलमा विश्व आदर्श कलेजको ९ विकेट झार्दै १५१ रनमा सीमित रह्यो । १५२ रनको लक्ष्य पछ्याएको जनताले १८ ओभर खेल्दै १४८ रन पु¥याएको छ ।
नेविसंघ जनता बहुमुखी क्याम्पसका सभापति सहदेव काफ्लेका अनुसार खेलको विजेता विश्व आर्दशले नगद दस हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । यस्तै, द्वितीय भएको आयोजकले नगद ६ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
यस्तै, खेलको अवधिमा विश्व आदर्श कलेजका भुपाल लुइँटेल सर्वोत्कृष्ट खेलाडी घोषित भए । यस्तै, जनता क्याम्पसका उज्ज्वल श्रेष्ठ सर्वाेत्कृष्ट बलर र जनताकै सेमन्तराज रेग्मीले सर्वोत्कृष्ट ब्याट्सम्यान बने ।
क्याम्पस प्राङ्गणमा भएको प्रतियोगितामा १० टिम सहभागी थिए ।
‘जहाँ विद्यार्थी त्यहाँ नेविसंघ, जहाँ नेविसंघ त्यहाँ खेलकुद’ भन्ने सन्देश दिनका लागि क्रिकेट प्रतियोगिता आयोजना गरिएको सभापति काफ्लेले बताए । आँफूहरूले विगतका दिनमा पनि विद्यार्थीको हकहितसँगै खेलकुदका गतिविधिमा सक्रिय भएको उनले बताए ।
समापन खेलको उद्घाटन समारोहमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेविसंघका निवर्तमान सभापति राजीव ढुंगाना प्रमुख अतिथि थिए ।
यस्तै, उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीमबहादुर पौडेल, नेविसंघका पूर्व केन्द्रीय उपसभापति विकास केसी, जनता क्याम्पसकी प्रमुख गीता अधिकारी, सञ्चालक समिति सदस्य प्रमोद भट्टराई, कांग्रेसका प्रदेश प्रतिनिधि विज्ञान राई लगायतको उपस्थिति थियो ।












Discussion about this post