इटहरी : सरकारले पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा विदा दिने भएको छ ।
अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलले मस्यौदा गरेको न्यूनतम साझा कार्यक्रमको मस्यौदामा पृथ्वी जयन्तीमा विदा दिने उल्लेख छ । यद्यपि, यसलाई शीर्ष नेताहरूले आधिकारिकता दिन भने बाँकी छ ।
पृष्ट ११ मा ‘पर्यटन संस्कृति सामाजिक सद्भाव र राष्ट्रिय एकता’ शीर्षकमा ‘नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वी जयन्तीको दिन पुस २७ गते सार्वजनिक विदा दिने’ उल्लेख छ ।
मस्यौदालाई शनिबार शीर्ष नेताहरूको बैठकले आधिकारिकता दिएपछि सार्वजनिक गरिनेछ ।














Discussion about this post