इटहरी : पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै विगतका वर्षजस्तै यस वर्षपनि इटहरीमा यही २७ गते (बुधबार) पृथ्वी जयन्ती मनाइने भएको छ ।
इटहरीमा २०६९ सालदेखि नागरिक स्तरबाट पुस २७ गते विगतका वर्ष जस्तै यस वर्षपनि इटहरी पश्चिम लाइनमा भव्यताका साथ राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मनाइने भएको हो ।
भेषजा काफ्लेको संयोजकत्वमा राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मुल समारोह समिति बनाएर पृथ्वी जयन्ती मनाउने तयारी भइरहेको छ ।
काफ्लेले नेपाल एकीकरणकता पृथ्वीनारायण शाहको योगदानको कदर गर्दै पृथ्वी जयन्ती मनाउन लागेको बताइन् ।
यस वर्ष संस्कृतिविद् डा. धनबहादुर कुँवरलाई प्रमुख वक्ताका रूपमा आमन्त्रण गरिएको छ ।
पृथ्वी जयन्तीका दिन र्याली, झाँकी तथा सांस्कृतिक कार्यक्रम सहित पृथ्वी नारायण शाहको योगदानका विषयमा चर्चा गरिनेछ । पृथ्वी जयन्तीको अवसरमा सरकारले देशैभर बुधबार सार्वजनिक विदा समेत दिएको छ ।














Discussion about this post