Wednesday, September 30, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

तालतलैया विवाद : जसले हिनामिना गरेको देखे, उसैलाई गरियो निलम्बन, दोषी उम्काउने चलखेल

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ २०, २०७९
in टाकुरा विशेष, समाचार
0
इटहरीको तालतलैयामा विवाद, कर्मचारीद्वारा कार्यसमिति सदस्यलाई रकम हिनामिनाको आरोप
213
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी उपमहानगरपालिका वडा नं. २ र ३ मा पर्ने तालतलैया विकास तथा संरक्षण समितिमा अनियमितता भएको देख्ने साक्षीलाई नै निलम्बन गरिएको छ ।

समितिका अध्यक्ष लक्ष्मीप्रसाद खनालले हिनामिना गरेको देख्ने व्यक्तिलाई नै निलम्बन गरी तालतलैया समितिकै धज्जी उडाएका छन् ।

समितिका कर्मचारी कुलप्रसाद निरौलाले कार्यसमिति सदस्य खगेन्द्र आचार्यमाथि आर्थिक हिनामिना गरेको आरोप लगाएका थिए ।

निरौलाले कार्यसमिति सदस्य आचार्यलाई टिकट काट्ने क्रममा रकम हिनामिना गरेको आरोप लगाएपछि विवाद उत्पन्न भएको थियो । तर, जसले आरोप लगाए उनै निरौलालाई नै समितिले निलम्बन गरी दोषी उम्काउन चलखेल सुरु गरेको छ ।

आचार्यले बोटिङ काउण्टरका कर्मचारी बाहिर गएको समयमा टिकट काट्ने क्रममा पर्यटकलाई टिकट नदिइ रकम हिनामिना गरेको आरोप लगाइएको थियो ।

‘जो व्यक्ति हिनामिनाको साक्षी थिए, उनैलाई निलम्बन गरिनु भनेको तालतलैया विकास तथा संरक्षण समितिकै धज्जी उडाइनुु हो,’ स्थानीय एक व्यक्तिले टाकुरासँग भने, ‘संस्थामा गलत भएको छ भनेर जसले संस्थाको हितमा कुरा उठायो, उसैलाई निकालिनुले उसको आत्मसम्मानमा चोट पुग्दैन ?’

जसले आरोप लगाए उनैलाई निकालिनुले दोषीलाई उम्काउने चलखेल भएको हुनसक्ने बुझिएको छ । आरोप लागेपछि गत सोमबार कार्यकक्षमा तालाबन्दी समेत गरिएको थियो ।

इटहरी २ का वडाध्यक्ष माधव कोइरालाको संयोजकत्वमा छानबिन समिति समेत गठन भएको छ ।

तर, छानबिन समितिले निष्पक्ष छानबिन गर्नुपर्ने भएपनि जसले आरोप लगाए, उनैलाई निलम्बन गरी गरिएको छानबिनले प्रतिवेदन समेत नबुझाउनसक्ने र भित्रभित्रै मिलाउने प्रयास हुनसक्ने स्थानीयको आशंका छ ।

पार्टीगत हिसाबमा राजनीतिकरण गरी दोषीलाई उम्काउने हुनसक्ने भएको स्थानीयको आशंका छ ।

निरौलाले माघ १२ गते आर्थिक अनियमितता भएको जानकारी गराएका थिए । छानबिन समितिलाई सहज बनाउनका निम्ति निरौलालाई निलम्बन गरिएको बताइएको छ ।

यता, तालतलैया विकास तथा संरक्षण समितिका अध्यक्ष लक्ष्मीप्रसाद खनालले भने टिकटको विषय भएको स्वीकार गरे ।

‘देख्नेले पनि पर रुखको फेदमा बसेर देखेँ भन्छ, हामीले दोहोरो मिसयुज नहोस् भनेर टिकट त्यहीँ च्यात्ने गरेका छौँ,’ खनालले भने, ‘देखेको कुरा मात्रै मौखिक रूपमा पेस भएको छ ।’

हाल छानबिन समितिले आवश्यक अनुसन्धान गरिरहेको उनले बताए ।

आरोप लगाउने व्यक्तिलाई नै छानबिन गर्न मिल्छ भन्ने प्रश्नमा खनालले भने, ‘सात सदस्यीयले दुवै जनालाई निलम्बन गरी आवश्यक परेको बेला दुवैजनालाई झिकाएर अनुसन्धान गर्ने भनेर हामीलाई परिपत्र दिएपछि सोही बमोजिम काम गरिएको हो ।’

हाल दुवैजनालाई छानबिनका लागि निलम्बन गरिएको उनको दाबी छ ।

यो पनि – तालतलैयामा अनियमितता भएको भन्दै कार्यालयमा गरियो तालाबन्दी

यो पनि – इटहरीको तालतलैयामा विवाद, कर्मचारीद्वारा कार्यसमिति सदस्यलाई रकम हिनामिनाको आरोप

Tags: चलखेलटाकुरा विशेषतालतलैयानिलम्बन
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विराट क्रिकेट लिग कर्पोरेट संस्करण आयोजनाको तयारी
खेलकुद

विराट क्रिकेट लिग कर्पोरेट संस्करण आयोजनाको तयारी

by टाकुरा न्यूज । इटहरी
अशोज १३, २०८३
0

विराटनगर : कोशी प्रदेशको राजधानी विराटनगरमा राष्ट्रियस्तरकै खेल महोत्सवका रूपमा ‘विराट क्रिकेट लिग २०८३ (कर्पोरेट संस्करण)’ आयोजना हुने भएको छ...

इटहरीकी एक महिलाले दुई छोरी र एक छोरासहित सप्तकोसीमा हाम्फाल्न लाग्दा प्रहरीद्वारा उद्वार
FEATURE BREAKING

जजक र चोरी मुद्दामा सुनसरी अदालतबाट दोषी ठहर भएका फरार प्रतिवादी पक्राउ

by टाकुरा न्यूज । इटहरी
अशोज १३, २०८३
0

इटहरी : सुनसरी जिल्ला अदालतबाट विभिन्न मितिमा भएका फैसला कार्यान्वयनका क्रममा प्रहरीले दोषी ठहर भई फरार रहेका दुई जनालाई पक्राउ...

राष्ट्रिय जनसहयोग कलेज तरहराकी छात्रा प्रतिभा लुइँटेल नेपाल प्रथम भएको दाबी

राष्ट्रिय जनसहयोग कलेज तरहराकी छात्रा प्रतिभा लुइँटेल नेपाल प्रथम भएको दाबी

अशोज १३, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

धरानमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

अशोज १३, २०८३
अलैँची नै गाउँको भरोसा, किसानको जीविका

अलैँची नै गाउँको भरोसा, किसानको जीविका

अशोज १३, २०८३
साढे तीन महिनापछि सुकेटारमा नियमित हवाई उडान सुरु

साढे तीन महिनापछि सुकेटारमा नियमित हवाई उडान सुरु

अशोज १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विराट क्रिकेट लिग कर्पोरेट संस्करण आयोजनाको तयारी

विराट क्रिकेट लिग कर्पोरेट संस्करण आयोजनाको तयारी

अशोज १३, २०८३
इटहरीकी एक महिलाले दुई छोरी र एक छोरासहित सप्तकोसीमा हाम्फाल्न लाग्दा प्रहरीद्वारा उद्वार

जजक र चोरी मुद्दामा सुनसरी अदालतबाट दोषी ठहर भएका फरार प्रतिवादी पक्राउ

अशोज १३, २०८३
राष्ट्रिय जनसहयोग कलेज तरहराकी छात्रा प्रतिभा लुइँटेल नेपाल प्रथम भएको दाबी

राष्ट्रिय जनसहयोग कलेज तरहराकी छात्रा प्रतिभा लुइँटेल नेपाल प्रथम भएको दाबी

अशोज १३, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

धरानमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

अशोज १३, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    962 shares
    Share 385 Tweet 241
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    761 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    356 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.