इटहरी : सरकारले करारका कर्मचारी हटाउने तयारी गरेको छ ।
चालू आर्थिक वर्षको राजश्वले चालू खर्च मात्रै धान्न थालेपछि सरकारले सबै निकायमा रहेका करारका कर्मचारी हटाउने तयारी गरेको हो।
अत्यन्त आवश्यक र प्रविधिक कर्मचारी रहेको खण्डमा मात्रै राख्ने अन्यथा सबै करारका कर्मचारी हटाउने काम थालनी गरेको जनाइएको छ ।
त्यसको लागि कुन निकायमा कस्ता कर्मचारी रहेका छन् । त्यसको विवरण अहिले अर्थमन्त्रालय संकलन गरिरहेको छ ।
अर्थ मन्त्रालयले सबै मन्त्रालयहरू सबै निकायलाई आफू मातहतको निकायमा रहेको कर्मचारीको सबै विवरण पठाउन पत्रचार गरेको छ ।
अर्थ मन्त्रालयले गरेको पत्राचारमा भनिएको छ,‘कार्यरत करार सेवाका कर्मचारी र ज्यालादारीमा काम गर्ने व्यक्तिको विवरण उपलब्ध गराइदिन अर्थ मन्त्रालयको सचिवस्तरीय निर्णय भए अनुसार अनुरोध छ।’















Discussion about this post