इटहरी : प्रदेश १ सरकारले बिहीबार (भोलि) सार्वजनिक विदा दिएको छ । बुधबार राति प्रदेशसभाले प्रदेश १ को नाम कोसी राखेपछि प्रदेशभर बिहीबार विदा दिइएको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेतद्वारा जारी विज्ञप्तिअनुसार नामकरणको खुसियालीमा विदा दिइएको हो ।
प्रदेश सरकारको मन्त्रीपरिषद्बाट विदा दिने निर्णय भएकाले बिहीबार प्रदेशभर विदा दिइएको हो ।
सरकारले केही दिनदेखि नामकरण गर्नका लागि राजनीतिक दलहरूसँग गोप्य छलफल गरेर सहमति जुटाएको जनाएको छ ।
यो पनि – प्रदेश १ को नाम बहुमतले पारित, अब प्रदेशको नाम ‘कोसी’












Discussion about this post