इटहरी : उद्योग वाणिज्य संघ इटहरीले व्यवसायीको सहजताका लागि आन्तरिक राजश्व कार्यालयमा मिस म्याच हेल्प डेक्सको स्थापना गरेको छ ।
आन्तरिक राजश्व कार्यलय इटहरीको सहकार्यमा चैत मसान्तसम्मका लागि मिस म्याचमा परेका व्यावसायीको सहायताका लागि हेल्प डेक्सको स्थापना गरिएको उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले बताए ।
आफ्नो कारोबारको साइज तथा आकारमा तलमाथि भएको कतिपय व्यवसायीलाई जानकारी नहुँदा व्यावसायीहरू जरिवानाको मारमा पर्ने भएकाले त्यसको सहजताका लागि आन्तरिक राजश्व कार्यालयमै हेल्प डेक्सको स्थापना गरिएको पराजुलीले जानकारी दिए ।
Discussion about this post