सोलुखुम्बु : सगरमाथा आरोहरणका लागि गएको आरोहरण दलका तीन सदस्यको हिमपहिरोमा परेर मृत्यु भएको छ।
क्याम्प १ नजिकै ‘खुम्बु आइसफल’मा हिमपहिरो जाँदा सोलुखुम्बुकै पासाङ ल्हामु गाउँपालिका ५ का तीन जनाको मृत्यु भएको हो।
पहिरोमा परेर मृत्यु हुनेहरूमा लाक्पा रिता शेर्पा, तेन्जिङ शेर्पा र बादुरे शेर्पा छन् । मृतकहरू इम्याजिन ट्रेक प्रालिबाट सगरमाथा आरोहणमा गाइडको भूमिकामा रहेका थिए।
पाँच हजार सातसय मिटरको उचाइबाट हिमपहिरो झरेको बताइएको छ।














Discussion about this post