इटहरी : कोसी प्रदेश नामकरण राखिएको विरोधमा जारी पहिचान पक्षधरहरूको आन्दोलनले थप गति लिने बताइएको छ ।
प्रदेशसभाको बजेट अधिवेशनको समय पारेर कोसी नाम खारेजी, पुनः नामकरण आन्दोलनकारीहरूले सङ्घर्षको निर्णायक चरणको रूपमा लिएको जनाएका छन् ।
प्रदेशसभाको बजेट अधिवेशन जेठ १४ गते आइतबार आव्हान गरिएको छ ।
यसैबेला प्रदेश पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले १४ वटै जिल्लाका सङ्घर्ष समितिहरू सोही दिनदेखि विराटनगरमै धर्ना कसेर प्रदेशसभा घेराउ गर्दै सडकमा उत्रन आव्हान गरेको छ ।
सङ्घर्ष समिति अध्यक्ष मण्डलका सदस्य किरात याक्थुङ चुम्लुङ केन्द्रीय अध्यक्ष प्रेम येक्तेनले भने ‘जिल्लाहरूमा सम्पर्क पनि गरिरहेका छौँ, व्यापक तयारी भइरहेको छ ।’
सङ्घर्ष समितिले वक्तव्य जारी गरिसकेको छ, त्यसैलाई आधार मानेर पनि प्रदेशका चौधै जिल्लाबाट आन्दोलकारीहरु विराटनगरको सडकमा उत्रिन आउने आव्हान गरिएको उनले बताए ।
‘मुख्यमन्त्री हिक्मत कार्की प्रदेशमा उत्पन्न समस्याको समाधान खोज्नुको सट्टा झन् चर्काउनतिर उद्धत देखिएका छन् । मुख्यमन्त्री कार्कीले दिँदै आएको एकपछि अर्को च्यालेन्जलाई स्विकार्दै संयुक्त सङ्घर्ष समितिले प्रदेशको केन्द्र विराटनगर केन्द्रित आन्दोलनको घोषणा गरेका छौँ ।’ संयुक्त सङ्घर्ष समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।














Discussion about this post