विराटनगर : संसदीय पत्रकार मञ्च कोसी प्रदेशको अध्यक्षमा कुमार लुइँटेल चयन भएका छन् । शनिबार सम्पन्न प्रथम अधिवेशनले अध्यक्षमा लुइँटेलसहित नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा गोकुल पराजुली, समावेशी उपाध्यक्षमा तारा आचार्य र सचिवमा सुमन सुस्केरा चयन भएका छन् ।
यसैगरी, कोषाध्यक्षमा ध्रुव भट्टराई र सहसचिवमा विनु तिम्सिना चयन भएकी छन् ।
सदस्यहरूमा राजु पौडेल, सुजाता लिम्बू, उत्तम पोखरेल, चिना थापा र कृष्ण बहाब चयन भएका छन् ।
प्रदेशसभा, प्रदेश सरकार र स्थानीय सरकार सञ्चालन र गतिविधिको समाचार लेख्दै आएका पत्रकारहरू मञ्चमा आबद्ध छन् ।
अधिवेशनको कोसी प्रदेशका सभामुख बाबुराम गौतमले उद्घाटन् गरेका गरेका थिए ।



















Discussion about this post