Monday, September 7, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कोसी प्रदेशमा बाढीपहिरोका कारण एकको मृत्यु, २५ जना बेपत्ता

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार ३, २०८०
in समाचार
0
कोसी प्रदेशमा बाढीपहिरोका कारण एकको मृत्यु, २५ जना बेपत्ता
135
SHARES
Share on FacebookShare on Twitter

इटहरी : गएराति परेको वर्षाका कारण आएको बाढीपहिरोले कोसी प्रदेशमा एकजनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता भएका छन् ।

शनिबार राति संखुवासभाको हेवा खोलामा आएको बाढीमा मात्रै १६ जना बेपत्ता भएका छन् ।

चैनपुर नगरपालिका ४ स्थित हेवा खोलामा निर्माणाधीन जलविद्युत आयोजनामा १९ जना कार्यरत रहेकोमा १६ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र गोदारले जानकारी दिए ।

यस्तै, संखुवासभाको पाँचखपन नगरपालिका ५ मा एक जनाको शव भेटिएको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता ऋषिराम कँडेलले जानकारी दिए ।

उता, पाँचथरको फिदिममा पाँच जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी हरि खतिवडाका अनुसार हेवा १ जलविद्युत् आयोजनामा कार्यरत हिलिहाङ ७ का दिलकुमार तामाङ र फिदिम १० का सन्जोग लोवा, फिदिम ४ माझीटारमा बोत्तल हाउस सञ्चालन गरेर बसेका आशिष, एलिसा माझी र फिदिम ४ हेवा खोलाबाट एक जना बेपत्ता भएका छन् ।

यस्तै, ताप्लेजुङमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनासहित चार जना बेपत्ता भएका छन् ।

गएरातिको पहिरोमा पुरिएर सिदिङ्वा गाउँपालिका ६ मेहेलेमा यादव बुढाथोकीकी श्रीमती भागीमाया, बुहारी सन्ध्या र नाती प्रज्ज्वल बेपत्ता भएका हुन् । सोही स्थानका गणेश तामाङ पनि बेपत्ता भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी राजन लिम्बुका अनुसार वेपत्ता भएका चारै जनाको खोजीकार्य जारी छ ।

बाढीका कारण विभिन्न स्थानमा पुलहरू पनि बगाएको छ भने सढक समेत अवरुद्व भएको छ ।

Tags: कोसी प्रदेशबाढीपहिरोबेपत्ता
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

चार हजार तीन सय किलोभन्दा बढी गाँजासहित ९९ जना पक्राउ
FEATURE BREAKING

चार हजार तीन सय किलोभन्दा बढी गाँजासहित ९९ जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ २२, २०८३
0

उदयपुर । उदयपुर प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ३८ महिनामा ४ हजार ३७६ दशमलव ५८४ किलोग्राम गाँजा बरामद गर्दा ९९ जनालाई...

भोटेकोशी बाढी पीडितलाई ताप्ली गाउँपालिकाकाे उन्नाईस लाख सहयोग
FEATURE BREAKING

भोटेकोशी बाढी पीडितलाई ताप्ली गाउँपालिकाकाे उन्नाईस लाख सहयोग

by टाकुरा न्यूज । इटहरी
भदौ २२, २०८३
0

उदयपुर । उदयपुरको ताप्ली गाउँपालिकाले भोटेकोशी बाढी पीडितका लागि प्रधानमन्त्री राहत कोषमा १९ लाख ४० हजार ८२७ रुपैयाँ आर्थिक सहयोग...

भोजपुरमा ग्रामीण जनजीवनलाई थप सहज बनाउँदै विद्युत् सेवा

करेन्ट लागेर विद्युत कर्मचारीकोे ज्यान गयो

भदौ २२, २०८३
बसाइँसराइले उदयपुरका पहाडी गाउँ रित्तिँदै

बसाइँसराइले उदयपुरका पहाडी गाउँ रित्तिँदै

भदौ २२, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा अदालतबाट दोषी ठहर पाँच फरार प्रतिवादी नियन्त्रणमा

भदौ २२, २०८३
भूगोलअनुसार योजना बनाउँछौँ, ढिलासुस्ती स्वीकार्य छैन : जीवन आचार्य

भूगोलअनुसार योजना बनाउँछौँ, ढिलासुस्ती स्वीकार्य छैन : जीवन आचार्य

भदौ २२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

प्रकृतिको ताण्डव (कविता)

प्रकृतिको ताण्डव (कविता)

भदौ २२, २०८३
चार हजार तीन सय किलोभन्दा बढी गाँजासहित ९९ जना पक्राउ

चार हजार तीन सय किलोभन्दा बढी गाँजासहित ९९ जना पक्राउ

भदौ २२, २०८३
भोटेकोशी बाढी पीडितलाई ताप्ली गाउँपालिकाकाे उन्नाईस लाख सहयोग

भोटेकोशी बाढी पीडितलाई ताप्ली गाउँपालिकाकाे उन्नाईस लाख सहयोग

भदौ २२, २०८३
भोजपुरमा ग्रामीण जनजीवनलाई थप सहज बनाउँदै विद्युत् सेवा

करेन्ट लागेर विद्युत कर्मचारीकोे ज्यान गयो

भदौ २२, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    449 shares
    Share 180 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    310 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    293 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.