विराटनगर : कोसी प्रदेश सरकार र प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिबीच आज (सोमबार) वार्ता हुँदैछ । आज बिग होटल विराटनगरमा वार्ता हुन लागेको हो ।
वार्ता समिति सदस्य एवम् उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले आज पहिचान पक्षधरसँग औपचारिक वार्ता गर्न लागिएको जानकारी दिए ।
माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिचान पक्षधरसँग वार्ताका लागि मन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा वार्ता समिति गठन गरेका थिए ।
वार्ता समितिमा उद्योग कृषि तथा सहकारी मन्त्री सिटौला र सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी सदस्य छन् ।
गत फागुन १७ गते प्रदेशसभाले प्रदेश नं. १ को नाम कोसी राखेपछि पहिचान पक्षधरहरूले भने पहिचानको आधारमा पुनः नामकरण हुनुपर्ने मागसहित आन्दोलनरत छन् ।














Discussion about this post